जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • पुनर्बीमा कम्पनीको सञ्चालकमा पुनः पाण्डे र अर्याल नियुक्त

पुनर्बीमा कम्पनीको सञ्चालकमा पुनः पाण्डे र अर्याल नियुक्त

नेपाल पुनर्बीमा कम्पनीको सञ्चालकमा पुनः दिप प्रकाश पाण्डे र डा. डिल्लीराज अर्याल नियुक्त भएका छन् । यसअघि पनि सञ्चालकमा रहेको यी दुईको पदावधि सकिन लागेसँगै कम्पनीले उनीहरुलाई पुनः नियुक्त गरेको हो ।

नेपाल सरकार बाहेकका संस्थागत लगानीकर्ताबाट कम्पनी सञ्चालक समितिमा प्रतिनिधित्व गरिरहेका दुई सञ्चालक पाण्डे र अर्यालको पदावधि यहि बैशाख २१ गतेदेखि समाप्त हुँदै थियो । यससँगै बैशाख १९ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले दुई सञ्चालकलाई पुन नियुक्त गर्ने निर्णय गरेको हो ।

बैठकको निर्णयलाई कम्पनीको अगामी वार्षिक साधारणसभाले अनुमाेदन गर्ने छ ।

कम्पनीका सञ्चालक पाण्डे शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत(सीईओ) हुन् । त्यस्तै, सञ्चालक डा. अर्याल राष्ट्रिय बीमा कम्पनीका सीईओ हुन् ।

7455
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका