जोडिनुहोस
मङ्लबार, बैशाख १८, २०८१
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • आइएमई जनरल इन्स्योरेन्सले कमायो १७ करोड नाफा, बिमाशुल्क १३ प्रतिशतले बढ्यो

आइएमई जनरल इन्स्योरेन्सले कमायो १७ करोड नाफा, बिमाशुल्क १३ प्रतिशतले बढ्यो

चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा आइएमई जनरल इन्स्योरेन्सले १७ करोड ३२ लाख २१ हजार रुपैयाँ नाफा कमाएको छ । जुन गत आवको तेस्रो त्रैमासको अवधिको तुलनामा ३.०४ प्रतिशतले बढेको हो ।

गत आवमा कम्पनीले १६ करोड ८१ लाख ५ हजार रुपैयाँ नाफा कमाएको थियो । कम्पनीको खुद बिमाशुल्क १३.१० प्रतिशतले बढेर ५९ करोड ६७ लाख ७९ हजार रुपैयाँ पुगेको छ । गत आवको यसै अवधिमा इन्स्योरेन्सले ५२ करोड ७६ लाख ७७ हजार रुपैयाँ खुद बिमाशुल्क संकलन गरेको थियो ।

कम्पनीले यस अवधिमा पुनर्बिमा कमिशन आयबाट १७ करोड ९४ लाख ५७ हजार रुपैयाँ र लगानी, कर्जा तथा अन्य आयबाट ३ करोड ६४ लाख २८ हजार रुपैयाँ आम्दानी गरेको छ ।

यस अवधिमा कम्पनीले अभिकर्ता कमिशन खर्च शीर्षकमा २ करोड १६ लाख ८७ हजार रुपैयाँ र पुनर्बिमा कमिशन खर्च शिर्षकमा ३० लाख १० हजार रुपैयाँ आम्दानी गरेको छ ।

कम्पनीले ९० हजार १९९ वटा कुल बिमालेख जारी गरी १ अर्ब ४२ करोड २२ लाख ७ हजार कुल बिमाशुल्क संकलन गरेको हो।

कम्पनीले यस अवधिमा ४ हजार ७०२ वटा बिमा दाबीवापत ५९ करोड ७२ लाख ९४ हजार रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ । यस्तै, ७ हजार २३६ वटा बिमा दाबीवापत १ अर्ब २३ करोड ३० लाख २ हजार रुपैयाँ कुल दाबी भुक्तानी गर्न बाँकी छ ।

१ अर्ब ० करोड ३७ लाख ५१ हजार रुपैयाँ चुक्ता पुँजी भएको कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १२.० रुपैयाँ छ । कम्पनीको जगेडा तथा कोषमा २४ करोड ७१ लाख रुपैयाँ र बिमा कोषमा ६३ करोड २२ लाख रुपैयाँ सञ्चित छ ।

प्रुडेन्सियल इन्स्योरन्स र आइएमई जनरल इन्स्योरेन्स मर्जर प्रक्रियामा छन् । कम्पनीहरुले वैशाख २७ गते बुधबारदेखि ‘आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको’ नामबाट एकीकृत कारोबार गर्ने भएका छन् ।

एकीकृत कारोबारपश्चात बन्ने नयाँ कम्पनीको चुक्ता पुँजी ३ अर्ब रुपैयाँ नाघ्ने छ । जुन नियामकले तोकेको न्यूनतम पुँजी भन्दा धेरै हो ।

920
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका