जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • सिद्धार्थ बैंकले ल्यायो ‘सिद्धार्थ अक्सिजन लोन’ योजना

सिद्धार्थ बैंकले ल्यायो ‘सिद्धार्थ अक्सिजन लोन’ योजना

सिद्धार्थ बैंकले ‘सिद्धार्थ अक्सिजन लोन’ योजना ल्याएको छ । बैंकले मुलुकभर बढ्दो कोरोना संक्रमणसँगै संक्रमित बिरामीको उपचारमा अस्पताल तथा नर्सिङ होममा देखिएको अक्सिजन अभावलाई लक्षित गरी ‘सिद्धार्थ अक्सिजन लोन’ योजना सार्वजनिक गरेको हो ।

योजनाअन्तर्गत बैंकले अक्सिजन उत्पादन गर्ने मेसिन, उपकरण खरिद तथा क्षमता विस्तारका लागि इच्छुक अस्पताल र नर्सिङ होमहरूलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने बैंकले जनाएको छ ।

कर्जा अवधिभर बैंकको आधार दरमा कर्जा प्रदान गर्नेछ भने सम्बन्धित संस्थाको नगद प्रवाहको आधारमा कर्जाको सहज भुक्तानी अवधि तय गरिनेछ । कुनै पनि सेवाशुल्क नलाग्ने यो योजनामा सहज रूपमा कर्जा उपलब्ध गराइने बैंकले बताएको छ ।

6005
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका