जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • बैंक तथा वित्तीय संस्थाले जीवनरक्षाको काममा रकम खर्च गर्न निर्देशन

बैंक तथा वित्तीय संस्थाले जीवनरक्षाको काममा रकम खर्च गर्न निर्देशन

बैंक तथा वित्तीय संस्थाले कोभिड १९ का कारण पीडित भएका नागरिकको उपचार तथा सहयोगका लागि अक्सिजन तथा त्यससँग जोडिएका सामग्री सहयोग गर्न सक्ने भएका छन् ।

संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत खर्च हुने रकमलाई अक्सिजन सिलिन्डर, अक्सिजन कन्सन्ट्रेटर र भ्याक्सिन खरिदमा प्रयोग गर्नुपर्ने व्यवस्था नेपाल राष्ट्र बैंकले गरेको छ ।

यसबाट कोरोना पीडितको उपचारमा सहयोग पुग्ने केन्द्रीय बैंकको विश्वास छ ।  बैंकले आज चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासको समिक्षा गर्दै उक्त व्यवस्था गरिएको जनाएको हो ।

केन्द्रीय बैंकले मौद्रिक नीतिको समिक्षा गर्दै भनेको छ, ‘संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत छुट्याएको कोषको रकम जीवन रक्षा, सार्वजनिक हित तथा परोपकारी कार्यलाई प्राथमिकता दिनेगरी त्यस्तो योगदान देशभर नै उपलब्ध हुने व्यवस्था मिलाइने छ ।’

सोही बुँदमा थप स्पष्ट पार्दै अगाडि भनिएको छ,  ‘हालको विषम परिस्थितिलाई दृष्टिगत गरी बैंक तथा वित्तीय संस्थाले उक्त कोषको रकम अक्सिजन सिलिण्डर, अक्सिजन कन्सन्ट्रेटर जीवन रक्षक भ्याक्सिन, औषधि आदि कार्यमा खर्च गर्न सक्ने व्यवस्था मिलाइने छ ।’ राष्ट्रिय महत्वका आविष्कार केन्द्र तथा मानव सेवा जस्ता परोपकारी कार्यमा गरेको खर्च समेत उक्त कोषबाट हुने खर्चमा गणना गर्न सकिने राष्ट्र बैंकको भनाइ छ ।

9425
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?