जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बैंकहरुको तरलता बढ्न थाल्यो

बैंकहरुको तरलता बढ्न थाल्यो

नेपाल सरकार तथा स्थानीय निकायले कोभिड १९ नियन्त्रण तथा रोकथामका लागि निषेधाज्ञा कर्जा बैंकहरुमा तरलता बढ्न थालेको छ । जेठको पहिलो सातामा मात्रै निक्षेप संकलन १४ अर्बले बढ्दा कर्जा लगानी जम्मा ६ अर्बले मात्रै बढेको छ ।

जेठको पहिलो सातासम्ममा बाणिज्य बैंकहरुले ३६ खर्ब १६ अर्ब रुपैयाँ लगानी गरेका छन् । यहि अवधिमा निक्षेप संकलन भने ३९ खर्ब ६१ अर्ब रुपैयाँको भएको छ । बैशाख महिनामा ११ अर्ब रुपैयाँले निक्षेप संकलन हुँदा ३७ अर्बले कर्जा विस्तार भएको थियो ।

गत असोज कात्तिकदेखिनै बैंकहरुको कर्जा विस्तार बढ्न थालेको थियो । सरकारले गत वर्ष पनि कोभिड नियन्त्रण तथा लकडाउन गर्दा तीन चार महिना कर्जा विस्तार रोकिएको थियो । तत्कालिन समयमा कर्जा विस्तार भन्दा निक्षेप संकलन बढ्दा निक्षेपको व्याजदर तल झर्यो । निक्षेपको व्याजदर घटाउदा अधिकाम्स बैंकहरुले आधार व्याजदर पनि घटाए । व्याजदर सस्तिए सँगै कर्जा विस्तार पनि आक्रामक रुपमा बढ्न थालेको थियो ।

ठिक एक वर्ष पछि गत वर्षको अवस्था दोहोरिएको छ । सरकारले कोभिड १९ नियन्त्रणका लागि दिन दिनै कडाइ गर्दै गएको छ । लगानीको अनिस्चितता थपिदै छ । सोमबार एक कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीले कोभिड–१९ को दोस्रो लहरसँगै अनिश्चितता बढेको हुँदा अर्थतन्त्र थप चुनौतीपूर्ण हुँदै गएको धारणा राखेका छन् ।

कोभिडको अघिल्लो लहरबाट प्रभावित व्यापार, पर्यटन, यातायात, उत्पादन र निर्माण क्षेत्र विस्तारै पुनरुत्थानतर्फ उन्मुख हुँदै गर्दा दोस्रो लहरका कारण मुलुकको समष्टिगत अर्थव्यवस्था फेरि अनिश्चितातर्फ धकेलिएको गभर्नरको विश्लेषण छ ।

परिस्थिति सामान्य नहुँदसम्म बैंक तथा वित्तीय संस्थामा तरलता बढ्दै जाने देखिन्छ । केहि समय यस्तै रहने हो भने बैंकमा निक्षेप बढ्ने र व्याजदर थप तल झर्न सक्ने सम्भावना पनि उत्तीकै छ ।

5770
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका