जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • सिद्धार्थ इन्स्योरेन्सको १९ औं वार्षिक साधारण सभा सम्पन्न

सिद्धार्थ इन्स्योरेन्सको १९ औं वार्षिक साधारण सभा सम्पन्न

सिद्धार्थ इन्स्योरेन्स कम्पनीले आफनो १९ औं वार्षिक साधारण आज सभा भच्र्युअल माध्यमवाट सम्पन्न गरेको छ ।उक्त साधारण सभामा सञ्चालक समितिका तर्फबाट कम्पनीका अध्यक्ष रतन लाल केडियाले कम्पनीको वार्षिक प्रतिवेदन तथा वित्तिय विवरण प्रस्तुत गरेको थियोे ।

कम्पनीले आ.व. २०७६/७७ मा विभिन्न बीमा व्यवसाय अन्तर्गत १ अर्व ९६ करोड ३९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेकोे थियो । साथै, उक्त सभामा कम्पनीले यस आ.व.को साधारण सभा भएको दिन सम्म २ अर्व १ करोड रुपैयाँ भन्दा वढी बीमा शुल्क आर्जन गरि सकेको जानकारी दिएको थियो ।

उक्त बीमाशुल्क संकलन गत आ.व.को सोहिको तुलनामा १६ दशमलव ०७ प्रतिशत वढी रहेको छ । सभाले हाल कायम रहेको चुक्ता पुँजी रु. १ अर्वको १२ प्रतिशत वोनस शेयर जारी गर्ने तथा ३ दशमलव ७८९४ प्रतिशत नगद लाभांस प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।

7080
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका