जोडिनुहोस
शनिबार, असार २०, २०८३
शनिबार, असार २०, २०८३
  • होमपेज
  • भन्सार नियमावलीमा १६औं संशोधन

भन्सार नियमावलीमा १६औं संशोधन

अबदेखि निकासी पैठारी संकेत नम्बर (एक्जिम कोड) लिँदा बैंक जमानत नचाहिने भएको छ। भन्सार विभागले भन्सार नियमावली २०६४ मा १६औं संशोधन गरी एक्जिम कोड लिँदा बैंक जमानत नचाहिने व्यवस्था गरेको हो। विभागले नियमावली संशोधन गरी बैंक जमानत फुकुवा गरिएको बताएको छ।

यसअघि एक्जिम कोड लिँदा विभागको नाममा ३ लाख रुपैयाँ बराबरको बैंक जमानत राख्नुपर्ने व्यवस्था थियो। नियमावली संशोधनसँगै विभागले सबै वाणिज्य बैंकहरूलाई जमानत फुकुवा गरिदिन बिहीबार पत्र पठाएको छ।

1645
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका