

पछिल्लो दुई महिनामा अमेरिकी डलरको भाउ पाँच रुपैयाँ २८ पैसा (४.८ प्रतिशत) महँगिएको छ । गएको २० असारमा राष्ट्र बैंकले तोकेको अमेरिकी डलरको विनिमय (बिक्री) दर एक सय नौ रुपैयाँ ७८ पैसा, थियो। तर २० भदौमा एक सय १५ रुपैयाँ ६ पैसा पुगेको छ।
गत बुधबार त डलरको भाउ एक सय १६ रुपैयाँ १५ पैसा पुगेको थियो। कुनै पनि मुद्राको छोटो समयमै यतिधेरै अवमूल्यन स्वाभाविक मानिन्न। एकै दिन डलरको सटहीदर एक रुपैयाँ ६० पैसासम्मको उतारचढाव देखिएको छ। नेपालको वैदेशिक व्यापारमा घाटा बढिरहेको बेला अमेरिकी मुद्रा महगिँदा यसले विकास आयोजनाको काममा प्रभाव पार्ने देखिन्छ ।
डलर महाँगनुमा नेपालभन्दा पनि भारतीय अर्थतन्त्रमा देखिएको क्रमिक सुस्तता बढी जिम्मेवार छ। अमेरिकी सरकारको व्यापार
संरक्षण गर्ने नीतिले डलरलाई बलियो बनाउँदै लगेको छ। चीन र युरोपेली संघ हुँदै व्यापार युद्धको प्रभाव जापान र कोरियासम्म फैलिन थालेपछि विश्वव्यापी रूपमै लगानीको वातावरण खलबलिएको छ।
सम्बन्धित समाचार
