जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • निषेधाज्ञा एक साता थपियो, जोर विजोर प्रणाली अनुसार सवारी साधन चलाउन पाइने

निषेधाज्ञा एक साता थपियो, जोर विजोर प्रणाली अनुसार सवारी साधन चलाउन पाइने

निषेधाज्ञा एक साता थप भएको छ । काठमाडौं उपत्यका भित्रका प्रमुख जिल्ला अधिकारीहरुले थपिएको निषेधाज्ञामा निजी सवारी साधनहरु जोर विजोर प्रणालीमा चलाउन पाउने निर्णय गरेका छन् ।

अवदेखि जोर दिनमा जोर नम्बर प्लेट भएका र विरोर दिनमा विजोर नम्बर प्लेट भएका सवारी साधन चलाउन पाइने भएको छ । त्यस्तै ट्याक्सीको हकमा पनि यहि नियम लागु हुनेछ । कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि भन्दै स्थानीय प्रसासनले गत बैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गर्दै आएका थिए । संक्रमितको दर र मृत्युदर कम हुँदै गए पछि गत सातादेखि नै निषेधाज्ञालाई खुकुलो बनाइएको थियो । यस साता अत्यावस्यक क्षेत्रका सवारी साधनलाई मात्रै आवतजावत गर्न दिइएकोमा भोलिदेखि जोर विजोर प्रणालीमा सबैलाई आवतजावत गर्न पाउने छन् ।

सवारी साधन सँगै पसलहरुलाई पनि बार अनुसार खोल्न दिइने निर्णय भएको छ । भोलिदेखि लागु हुने गरी आइतबार, मंगलबार र बिहीबार सुनचाँदी, भाँडा, विद्युतीय,  घरायसी सामान बिक्री गर्ने पसल सञ्चालन हुनेछन् । त्यस्तै, अटोमोबाइल र त्यसका पार्टपूर्जा पाइने पसल पनि खुल्नेछ ।

सोमबार, बुधबार र शुक्रबार सपिङ मल, खेलकुद सामग्री पसल, कपडा, जुत्ता पसल खोल्न दिने निर्णय भएको छ । यस्तै फेन्सी, कस्मेटिक, गिफ्ट र टेलरिङ खुल्नेछन् ।

बारका आधारमा खुल्ने पसल बिहान ११ देखि ४ बजेसम्म खोल्न दिने निर्णय भएको छ । खाद्यान्न, फलफूल र तरकारी पसल हरेक दिन ११ बजेसम्म खुल्नेछ ।

6310
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका