जोडिनुहोस
मङ्लबार, बैशाख ४, २०८१
मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • सुनको भाउ इतिहासकै सर्वाधिक महँगो

सुनको भाउ इतिहासकै सर्वाधिक महँगो

सुन इतिहासकै महँगो भएको छ । मंगलबार तोलाको १ लाख ३ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज बुधबार तोलामा २५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ५ हजार ५ सय रुपैयाँ कायम भएको छ । सुनको यो मूल्य हालसम्मकै उच्च हो । 

आज तेजाबी सुनको भाउ पनि तोलामा २५ सय रुपैयाँले नै बढेर प्रतितोला १ लाख ५ हजार रुपैयाँमा कारोबार भईरहेको छ । 

आज चाँदीको भाउ तोलामा ४० रुपैयाँले बढेर १४ सय ५० रुपैयाँ पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ९० हजार ४ सय ५० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ९० हजार २० रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ १२ सय ४३ रुपैयाँ कायम गरेको छ । 

3785
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका