जोडिनुहोस
मङ्लबार, बैशाख ११, २०८१
मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • नेपाल बैंकले शुरु गर्‍यो क्रेडिट कार्ड सेवा

नेपाल बैंकले शुरु गर्‍यो क्रेडिट कार्ड सेवा

नेपाल बैंकले क्रेडिट कार्ड सेवाको शुरुवात गरेको छ ।

निश्चित आयश्रोत एवम् भुक्तानी क्षमताको आधारमा ग्राहकको दैनिकजीवनमा आइपर्ने विभिन्न आवश्यकता पुरा गर्न सहयोग पुर्‍याउने उद्देश्यले बैंकले उक्त सेवा शुरुवात गरेको बताएको छ ।

बैंकले उक्त सुविधाअन्तर्गत क्रेडिट कार्ड सेवाको न्यूनतमसीमा २० हजार रुपैयाँदेखि अधिकतमसीमा ५ लाख रुपैयाँ कायम गरिएको बताएको छ ।

भिसा इन्टरनेशनलसँगको आवद्धतामा सञ्चालनमा ल्याइएको क्रेडिट कार्ड सेवाको प्रयोग पीओस टर्मिनल, एटीएम टर्मिनल तथा अनलाइन प्रणालीमार्फत विभिन्न वस्तु तथा सेवा भुक्तानीमा गर्न सकिनेछ ।

स्वीकृत कर्जा लिमिटको १० प्रतिशतसम्म उक्त  बैंक तथा भिसा इन्टरनेशनलमा आवद्ध बैंकहरुको एटीएम टर्मिनलबाट नगद भुक्तानी समेत लिन सकिनेछ ।

क्रेडिट कार्डको प्रयोग नेपाललगायत भारत र भुटान समेतमा प्रयोग गर्न सकिने भएबाट यसको उपयोगले लक्षितवर्गको भुक्तानी प्रणालीमा सहजता पुर्‍याउने विश्वास लिएको बैंकले बताएको छ ।

भर्चुअल विधिबाट गरिएको कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष मधु कुमार मरासिनीले सोमवार बैंकका ग्राहक निर्मल प्रधानलाई क्रेडिट कार्ड हस्तान्तरण गर्दै क्रेडिट कार्ड सेवाको शुभारम्भ गरेका हुन् । सो अवसरमा अध्यक्ष मरासिनीले क्रेडिट कार्ड सेवाको प्रारम्भले डिजिटल प्रविधिमार्फत बैंकको ग्राहक सेवामा नेपाल बैंक थप एक कदम अगाडी आएको बताए ।

यसैगरी बैंक सञ्चालक समितिका सदस्य विवेक शम्शेर जबराले नयाँ विशेषतासहितको क्रेडिट कार्ड सेवा प्रारम्भ गरेकोमा बैंक परिवारलाई धन्यवाद दिएका थिए ।

5405
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका