जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • युरोकप २०२० को क्वाटरफाइनल समीकरण पूरा

युरोकप २०२० को क्वाटरफाइनल समीकरण पूरा

युरोकप २०२० को क्वाटरफाइनल समीकरण पूरा भएको छ । मंगलबार राति अन्तिम १६ का दुई खेल सकिएसँगै क्वाटरफाइनल पुग्ने ८ वटै टिमको टुङ्गो लागेको छ ।

मंगलबार राति भएको खेलमा इंग्ल्याण्डले जर्मनीलाई २-० ले र युक्रेनले स्वीडेनलाई २-१ ले हराउँदै क्वाटरफाइनलमा स्थान बनाए ।

साथै क्वाटरफाइनलको समीकरण पनि तय भएको छ । इंग्ल्याण्डले अब क्वाटरफाइनलमा युक्रेनसँगै खेल्नेछ ।

यस्तै यसअघि नै अन्य तीन क्वाटरफाइनल खेलको समीकरण तय भइसकेको छ । जसमा बेल्जियमले इटलीसँग खेल्नेछ भने स्विट्जरल्याण्डले स्पेनसँग खेल्नेछ ।
यस्तै चेक रिपब्लिक र डेनमार्कबीच अर्को क्वाटरफाइनल खेल हुनेछ ।

क्वाटरफाइनलमा बेल्जियम र इटलीबीचको विजेता अनि स्पेन र स्विट्जरल्याण्डबीचको विजेताले सेमिफाइनल खेल्नेछ।

अर्कोतर्फ इंग्ल्याण्ड र युक्रेनबीचको विजेता तथा चेक र डेनमार्कबीचको विजेताले अर्को सेमिफाइनल खल्नेछन् ।

साविक विजेता पोर्चुगल, साविक उपविजेता फ्रान्स अनि सर्वाधिक ३ पटकको विजेता जर्मनी भने अन्तिम १६ बाटै आउट भएका छन् ।
क्वाटरफाइनलका खेलहरु जुलाई २ देखि सुरु हुनेछ ।

क्वाटरफाइनल खेल मिति, समय र स्थान

· स्विट्जरल्याण्ड भर्सेस स्पेन : जुलाई २ (असार १८ गते), ९:४५ बजे (सेन्ट पिटर्सवर्ग, रुस)
· बेल्जियम भर्सेस इटली : जुलाई २ (असार १९ गते), १२:४५ बजे (म्युनिक, जर्मनी)
· चेक रिपब्लिक भर्सेस डेनमार्क : जुलाई ३ (असार १९ गते), ९:४५ बजे (बाकु, अजरवैजान)
· युक्रेन भर्सेस इंग्ल्याण्ड : जुलाई ३ (असार २० गते), १२:४५ बजे (रोम, इटली)

5020
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका