जोडिनुहोस
बिहिबार, असार ११, २०८३
बिहिबार, असार ११, २०८३
  • होमपेज
  • सिर्जना फाइनान्सलाई प्राप्ति गरेर सिटिजन्स बैंक इन्टरनेशनलले २६ गतेबाट एकीकृत कारोबार थाल्दै

सिर्जना फाइनान्सलाई प्राप्ति गरेर सिटिजन्स बैंक इन्टरनेशनलले २६ गतेबाट एकीकृत कारोबार थाल्दै

सिर्जना फाइनान्सलाई प्राप्ति गरेर सिटिजन्स बैंक इन्टरनेशनलले असार २६ गतेबाट एकीकृत कारोबार गर्ने भएको छ। राष्ट्र बैंकले मंगलबार अन्तिम स्वीकृति दिएपछि असार मसान्तअघि नै एकीकृत कारोबार गर्न लागेको हो।

आ-आफ्नो विशेष साधारणसभाबाट प्राप्ति सम्बन्धी विशेष प्रस्ताव पारित गरी नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृति पाएका थिए।

दुवै संस्थाले गत माघ २८ गते प्राप्तिका लागि प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरेका थिए।

सिटिजन्स बैंकले सिर्जना फाइनान्सलाई प्राप्ति गरेपछि सर्वसाधारणबाट उठाएको निक्षेप करिब १ खर्ब ३७ अर्ब रुपैयाँ हुनेछ भने सर्वसाधारणलाई  दिएको ऋण लगानी करिब १ खर्ब २१ अर्ब रुपैयाँ हुनेछ।

प्राप्तिपछि बैंकको कुल शाखा १८९ हुने छ।

9410
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका