जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • पशुपति शम्शेरकी छोरी देवयानी बनिन् कोकाकोला इण्डियाको उपाध्यक्ष

पशुपति शम्शेरकी छोरी देवयानी बनिन् कोकाकोला इण्डियाको उपाध्यक्ष

संसारकै सबैभन्दा ठूलो पेय ब्राण्ड कोकाकोलाले देवयानी राज्यलक्ष्मी राणालाई भारतका लागि उपाध्यक्ष नियुक्त गरेको छ । कोकाकोला इन्डियाको उपाध्यक्षमा उनलाई नियुक्त गरिएको कम्पनीले जनाएको छ । उनलाई भारत र दक्षिण पश्चिम एसियाका लागि जनसम्पर्क, सञ्चार एवम् दिगो व्यवसाय प्रबद्र्धन हेर्ने गरी उपाध्यक्ष नियुक्त गरिएको कोकाकोला इण्डियाले जनाएको छ ।

उनले जुलाई १ देखि नै उपाध्यक्षको जिम्मेवारी सम्हालिसकेकी छन् । देवयानी राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पशुपति शम्शेर जबराकी माइली छोरी हुन् । ४८ वर्षीय देवयानीले यसअघि विभिन्न सरकारी तथा गैरसरकारी क्षेत्र तथा कर्पोरेट मामिला, रणनीतिक योजना तर्जुमा, व्यवसायिक वकालत, जोखिम व्यवस्थापन संचार, सामाजिक उत्तरदायित्व बहन तथा दिगोपनबारे विगत २५ वर्षदेखि काम गरिरहेकी छन् ।

बिभिन्न संस्थासँग आबद्ध भएर २५ वर्ष काम गरेको अनुभवले आफ्नो ब्राण्ड प्रवद्र्धन गर्न र तथा व्यापार रणनीतिलाई सुदृढ पार्न योगदान पुग्ने अपेक्षा गरिएको कम्पनीलाई उद्धृत गर्दै भारतीय पत्रिका आउटलूकले लेखेको छ । कोकाकोलाले यस क्षेत्रमा जुन प्रभाव कायम राखेको छ, त्यसलाई अझ प्रभावशाली रूपमा अघि बढाउन देवयानीको आगमनले महत्वपूर्ण भूमिका खेल्ने कोकाकोलाको भारत तथा दक्षिण पश्चिमी एशियाका अध्यक्ष संकेत रेले बताए ।

आउटलूकका अनुसार अध्यक्ष संकेत रेले भने, ‘देवयानीको नियुक्तिले कम्पनीको यस क्षेत्र लक्षित उद्देश्यलाई अझ बलियो र तीव्र बिस्तार गर्दै लैजाने अपेक्षा गरेका छौं । नीतिगत, कानुनी, व्यापार सम्झौताहरु तथा नियमनका क्षेत्रमा लामो समय काम गरेको अनुभव तथा उनको नेतृत्वदायी व्यक्तित्व हाम्रो लागि ठूलो सम्पत्ति हो ।’

कोकाकोला इन्डियामा नियुक्तिअघि देवयानी क्याटरपिलर इन्डियाको निर्देशकका रूपमा कार्यरत थिइन्। पब्लिक अफेयर्स डाइरेक्टरका रूपमा उनले त्यहाँ भारत, नेपाल र भुटानका लागि काम गर्थिन् । त्यसअघि उनी भारतमा युएनडीपी तथा संयुक्त राष्ट्र संघसँग आबद्ध थिइन् । उनले जेनेभाको स्वोब फाउन्डेन तथा स्विट्जरल्याण्ड वल्र्ड इकोनोमिक फोरममा समेत काम गरिसकेकी छन् ।

लण्डन स्कुल अफ इकोनोमिक्स एण्ड पोलिटिकल साइन्समा उच्च अध्ययन गरेकी उनले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर र ब्याचलर डिग्री भारतको लेडी श्री राम कलेजबाट पूरा गरेकी हुन् । संसारका २०० भन्दा बढी मुलुकमा ५०० भन्दा ज्यादा ब्राण्डका उत्पादन कोकाकोलाले गर्छ ।

भारतमै ब्राण्डेड हल्का पेय पदार्थको ४० प्रतिशत बजार हिस्सा कोकाकोलाले ओगटेको छ । यति ठूलाे कम्पनीमा नेतृत्व तहकाे प्रवेशले उनको व्यवसायिक ‘करियर’लाई पनि महत्वपूर्ण योगदान गर्ने छ ।

4895
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका