जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • बैंकिङ मुद्दाका फरार ५९ वर्षीय लाक्पा लामा पक्राउ

बैंकिङ मुद्दाका फरार ५९ वर्षीय लाक्पा लामा पक्राउ

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी बुढानिलकण्ठ नगरपालिका ७ बस्ने ५९ वर्षीय लाक्पा लामालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनको २०७७ माघ ९ गतेको फैसलाले ७  दिन कैद र १५ लाख रुपैयाँ जरिवाना ठहर भएको र उक्त सजाय वेरुजु रही फरार उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं चक्रपथबाट पक्राउ गरेको हो ।

पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी झुक्यानमा पारी जनता बैंकमा लामाले आफ्नै नाममा रहेको खाताबाट भुक्तान हुने गरी पीडितलाई १५ लाख रुपैंया बराबरको चेक काटी दिएको घटनामा बैंकिङ कसूरजन्य अपराध गरेको ठहर गरी अदालतबाट  उक्त फैसला भएको थियो ।

6760
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका