जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • इसेवाको ‘५५ मिनेटको धमाका अफर’, बैंक एकाउन्ट लिंक गरेर कारोबार गर्दा ५५ रुपैयाँ क्यासब्याक

इसेवाको ‘५५ मिनेटको धमाका अफर’, बैंक एकाउन्ट लिंक गरेर कारोबार गर्दा ५५ रुपैयाँ क्यासब्याक

इसेवाले ‘५५ मिनेटको धमाका अफर’ सार्बजनिक गरेको छ ।

यो अफर अन्तरगत असार ५ गते आइतबार बैंक एकाण्न्टल लिंक गरि कारोबार गर्दा ५५ क्यासब्याक पाइनेछ । आइतबार साँझ ५ ५ बजेदेखि साँझ ५ः५५ सम्म एकाउण्ट लिंक मार्फत कारोबार गर्दा ५५ क्यासब्याक पाइनेछ ।

इसेवाले आम ग्राहकहरुले घरमै बसेर कारोबार गर्न सकुन् भन्ने उदेश्यले यो योजना सार्बजनिक गरेको हो । यो योजनामा सहभाागी हुन एकाउन्ट लिंक गरि कारोबार गर्नुपर्नेछ भने एकाउण्ट भेरिफाइ भएको हुनुपर्नेछ ।

इसेवाले हाल एण्ड्रोइड मोबाईलमा ५२ लाख र आइओस् मोबाईलमा करिब १० लाख गरि ६० लाख बढि ग्राहकलाई एप्स् मार्फत सेवा प्रदान गरिरहेको छ । इसेवाले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट वस्तीहरुमा हुने आर्थिक कारोबारलाई डिजिटल माध्यम मार्फत धेरै किसिमका सहजता ल्याएको छ ।

इसेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, मोबाईल, टेलिफोन रिचार्ज तथा टपअप, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ५२ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् ।

5210
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?