जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • रियल टाईम सफ्टवेयर प्रयोग गरि आजै कारोबार बन्द गर्न बीमा समितिको निर्देशन

रियल टाईम सफ्टवेयर प्रयोग गरि आजै कारोबार बन्द गर्न बीमा समितिको निर्देशन

बीमा समितिले सम्पुर्ण कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुलाई परिपत्र गर्दै कारोबार बन्द गर्न निर्देशन दिएको छ । समितिले रियल टाईम सफ्टवेयर प्रयोग गरि बैंक खातामा रकम प्राप्त भए पछि मात्रै पोलिसी जारी गर्न निर्देशन दिएको हो ।

समितिले केहि दिन अगाडि सम्पुर्ण कम्पनीहरुलाई पत्र काट्दै उधारो पोलिसी जारी नगर्न निर्देशन दिएको थियो । गएका वर्षमा कम्पनीहरुले आर्थिक वर्ष सकिएको १० दिनसम्म पनि ब्याक डेट राखेर पोलिसी जारी गर्ने गरेका थिए ।

तर यस पटक भने यि सबै अभ्यासलाई नियन्त्रण गर्दै आज जारी भएका पोलिसीलाई मात्रै मान्यता दिने भएको छ । सफ्टवेरमा आज इन्ट्रि भएको पोलिसीलाई मान्यता दिइनेछ साथै उक्त इन्ट्रि भएको पोलिसीको भुक्तानीको चेक आजै क्लियरिङ हुनु पर्नेछ । कतिपय कम्पनीहरुले आज दिउसै बैंकमा आफ्नो तर्फबाट पैसा जम्मा गरेर राति १२ बजेसम्म पनि पोलिसी काट्ने तरखरमा छन् । अहिले बीमा कम्पनीका सम्पुर्ण केन्द्रदेखि शाखा कार्यालय खुलै छन् । कर्मचारीहरु पोलिसी काटिरहेका छन् ।

दिनभरी बैंकमा पैसा जम्मा गरेर बसेका कम्पनीका कर्मचारी राति अवेसम्म पनि सफ्टवेयरमा पोलिसी इन्ट्रि गरेरै बसिरहेका छन् । आज अभिकर्ता, कर्मचारी तथा शाखा प्रमुखहरुले टार्गेट पुरा गर्ने अन्तिम दिन हो । कम्पनीको नियम अनुसार वार्षिक तलब सुविधाका लागि टार्गेट पुरा गर्नु पर्ने बाध्यताले गर्दा अभिकर्ताहरु राति अवेसम्म पोलिसीका लागि तल्लिन छन् । साथ साथै शाखा प्रमुख तथा कर्मचारीहरु प्रमोसनका लागि तोकिएको टार्गेट तथा आफ्नो प्रस्तुति दिन लागि परिरहेका छन् ।

यसैले गर्दा गएका वर्ष भन्दा यस वर्ष बीमा कम्पनीहरुमा फरक अभ्यास देखियो । गएका वर्षमा असार मसान्तसम्ममा अभिकर्ताको एजेन्सी कोड लिने र बाँकी १० औ दिन पोलिसी काटेर बस्ने गरेका थिए ।

4755
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?