जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • सामाजिक सुरक्षा कोषमा आवद्द नहुने रोजगारदाताप्रति कठोर निर्णय लिने चेतावनी

सामाजिक सुरक्षा कोषमा आवद्द नहुने रोजगारदाताप्रति कठोर निर्णय लिने चेतावनी

सामाजिक सुरक्षा कोषमा आवद्द नभएमा खाता नै रोक्का गर्ने चेतावनी सामाजिक सुरक्षा कोषले दिएको छ । बैंक तथा वित्तीय क्षेत्रका कर्मचारीहरुले सामाजिक सुरक्षा कोष विरुद्द आन्दोलन र सर्वाेच्च अदालतमा रिट दायर गरेपछि झनै कठोर बनेको हो । सार्वेच्च अदालतका दुई न्यायाधिसबीच राय बाझिएपछि पुर्ण इजलासमा पठाउने भएको हो ।

यता, सामाजिक सुरक्षा कोषमा आवद्द नहुने रोजगारदातालाई आबद्द हुन बारम्बार आग्रह गरेको छ । तर बारम्बार आग्रह गर्दापनि आबद्द नहुने रोजगारदाताप्रति कठोर निर्णय गर्ने चेतावनी दिएको छ । सामाजिक सुरक्षा कोषका अनुसार अटेर गर्ने रोजगारदाताको बैंक खाता रोक्का, सम्बन्धित व्यक्तिको चलअचल सम्पत्ति रोक्का, रोजगारदाताको अनुमतिपत्र वा इजाजत पत्र निलम्बन र सम्बन्धित व्यक्तिको राहदानी रोक्का राख्नेसम्मका प्रक्रिया अगाडि बढाउने तयारी गरेको हो ।

योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ को दफा ९ ले कोषमा सूचीकृत हुन अटेर गर्ने रोजगारदतालाई कारबाही गर्ने आधार दिएकाले कठोर बन्न सक्ने संकेत गरेको हो । केही बैंक तथा वित्तीय क्षेत्रका कर्मचारीहरु आन्दोलित भएका छन् भने केही भने कोषमा आवद्द भएका छन् ।

आइतबारसम्मको तथ्याङ्क अनुसार १५ हजार ३६ रोजगारदाता र २ लाख ७४ हजार ६२८ श्रमिक आबद्ध े सामाजिक सुरक्षा कोषले जनाएको छ । राष्ट्र बैंकको तथ्याङ्क अनुसार १३९ वटा बैंक तथा वित्तीय संस्था सञ्चालनमा रहेका छन् भने ७१ संस्था कोषमा आवद्द भैसकेका छन् । जसमा ९ वाणिज्य बैंक, ३ विकास बैंक, १३ वित्त कम्पनी र ४६ वटा लघुवित्त कम्पनी कोषमा सूचीकृत भएका हुन् ।

4830
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका