जोडिनुहोस
बिहिबार, बैशाख ६, २०८१
बिहिबार, बैशाख ६, २०८१

हालको खबर

  • होमपेज
  • सिप्रदी र शिखर इन्स्योरेन्सबीच अटो प्लस सम्झौता

सिप्रदी र शिखर इन्स्योरेन्सबीच अटो प्लस सम्झौता

टाटा माटर्सको नेपालका लागि एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग र शिखर ईन्स्योरेन्स कम्पनी लि. बीच अटो प्लसमा सम्झौता भएको छ । शिखर ईन्स्योरेन्सको प्रधान कार्यलय शिखर विजमा भएको एक कार्यक्रममा सिप्रदी ट्रेडिङ्ग प्रा. लि.को तर्फबाट संस्थाका उप–सभापति सौरव राज थपलिया र शिखर ईन्स्योरेन्सको तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत दिपप्रकाश पाँडेद्वारा संयुक्त रुपमा हस्ताक्षर गरेका हुन ।

यस अटो प्लसमा सम्झौतामा टाटा मोर्टस्द्धारा उत्पादित गाडीहरु जस्तै टाटा योद्धा, टाटा एस र टाटा इन्ट्रामा लागू हुने सम्झौतामा उल्लेख छ । यस अटो प्लस स्कीममा सवारी साधनदर्ता भएको मितिबाट ५ वर्ष सम्म लागु हुनेछ ।

साथै यो स्कीमब्यापक मोटर बिमापोलिसीमामात्रलागु हुनेछ । जस अन्तर्गत शुन्यह्रासकट्टी, गाडी मर्मत गर्न लाग्ने १५ दिनसम्मटाटा योद्धाको लागि दैनिक भाडादर ३ हजार रुपैयाँ र टाटा एस÷टाटा इन्ट्राकालागि भाडादर एक हजार पाँच सय रुपैयाँ प्रतिपूर्ति दिनुका साथै नयाँ गाडी प्रतिस्थापन योजना लगाएतका फाईदाहरु रहेका छन् ।

यो योजनामा सहभागी हुनका लागि ग्राहकहरुले दुर्घटना भएको अवस्थामा सिप्रदी ट्रेडिङ्ग प्रा. लि. को आफुलाई पायक पर्ने नेपालभरी कुनै पनि आधिकारिक सर्भिस सेन्टरमा गएर गाडी मर्मत तथा बीममा दावी गर्न सक्नेछन् । अटो प्लस योजनाले टाटा योद्धा, टाटा एस र टाटा इन्ट्राको ग्राहकहरुलाई थप सहजहुने दुवै कम्पनीको दावी छ ।

5075
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका