जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • एनआईसी एशिया सेलेक्ट–३० को पहिलो महिनामा धितोपत्रमा लगानी करिब ९ लाख

एनआईसी एशिया सेलेक्ट–३० को पहिलो महिनामा धितोपत्रमा लगानी करिब ९ लाख

एनआईसी एशिया क्यापिटलको व्यवस्थापनमा असार २३ गतेदेखि सञ्चालनमा आएको एनआईसी एशिया सेलेक्ट–३० ले असार मसान्तसम्म रू. ८ लाख ९१ हजार ५०० बराबरको लगानी गरेको छ । यस योजना सञ्चालनका लागि एनआईसी एशिया क्यापिटलले असार १० गतेदेखि १४ गतेसम्म सार्वजनिक निष्कासनमार्फत विक्री गरेको इकाई असार २० गते बाँडफाँट गरेको थियो । योजनाले १२ करोड ५० लाख इकाई विक्री गरेको हो ।

बन्दमुखी प्रकृतिको यस योजना ७ वर्षे अवधिको रहेको छ । धितोपत्र दोस्रो बजारमा लगानी गर्ने प्रमुख उदेश्य सहित सञ्चालनमा आएको यस योजनाको बैंक मौज्द्धातमा रू. १ अर्ब २४ करोड ३९ लाख ६५ हजार रहेको छ । योजनाले क्रमश बैंक मौज्द्धातको रकम घटाउँदै धितोपत्रमा लगानी बढाउँने जानकारी दिएको छ ।

असार मसान्तसम्म योजनाको प्रति इकाई खुद मूल्य रू. ९ दशमलव ९४ रहेको छ । पहिलो महिनाको कारोबारमा योजनाले रू. ३ लाख ३३ हजार आम्दानी गरेको छ भने रू. ७४ लाख १० हजार खर्च गरेको छ । योजना सुरुवातको पहिलो महिना  योजना व्यवस्थापनका विभिन्न शिर्षकमा खर्च भएको हो । आगामी महिना योजनाले खर्च कम र आम्दानी बढी गर्ने उदेश्य सहित काम गरिरहेको योजना व्यवस्थापक क्यापिटलको भनाई छ ।

5090
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका