जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • प्रधानमन्त्रीले मागे प्राधिकरणका कार्यकारी निर्देशक शाक्यको राजीनामा

प्रधानमन्त्रीले मागे प्राधिकरणका कार्यकारी निर्देशक शाक्यको राजीनामा

कार्यसम्पादन गतिलो नभएको र व्यापक जनगुनासो आएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई राजीनामा दिन भनेका छन् ।

प्रधानमनत्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मनत्री पम्फा भुसाल र कार्यकारी निर्देशक शाक्यलाई बोलाएर प्रधानमन्त्री देउवाले राजीनामा दिन आग्रह गरेका हुन् ।

‘प्रधानमन्त्रीले जनगुनासो बढी आयो, प्राधिकरणले गर्ने सामान्य काम समेत हुन सकेन भन्दै मन्त्रीको उपस्थितीमा राजीनामा माग्नु भएको हो’ स्रोतले भन्यो ‘विद्युत् वितरणदेखि आयोजना कार्यान्वयनमा समेत प्राधिकरणको वर्तमान नेतृत्व असफल भएको प्रधानमन्त्रीको बुझाई छ ।’

प्राधिकरणको सहायक कम्पनी एनइए इन्जिनियरिङको प्रबन्ध सञ्चालक रहेका शाक्यलाई खड्ग ओली सरकारले ४ वर्षका लागि कार्यकारी निर्देशकका रुपमा नियुक्त गरेको थियो ।

कार्यसम्पादनमा कमजोर देखिएकाले प्रधानमन्त्रीले शाक्यको राजीनामा मागेको हुन सक्ने स्रोतको दावी छ ।

7435
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका