जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • एनएलजी इन्स्योरेन्सको साधारणसभा भोलि हु्ँदै, के-के छन् एजेण्डा ?

एनएलजी इन्स्योरेन्सको साधारणसभा भोलि हु्ँदै, के-के छन् एजेण्डा ?

एनएलजी इन्स्योरेन्स कम्पनीले भोलि साउन २१ गते १५ औ वार्षिक साधारणसभा गर्दैछ । कम्पनीले भर्चुअल माध्यम जुम मिटिङबाट साधारणसभा सम्पन्न गर्ने भएको छ । साधारणसभामा कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरेको १० प्रतिशत बोनस शेयरको विशेष प्रस्ताव लगिने भएको छ । त्यस्तै बोनस शेयरको कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांसको पनि प्रस्ताव गरिएको छ ।

बीमा समितिले ४० प्रतिशत हकप्रद निष्काशनको प्रस्ताव स्वीकृत नगर्दा कम्पनीले साधारणसभामा पेश गरेको छैन । बीमा समितिले कम्पनीहरुलाई हकप्रद निष्काशनका रोक लगाउदै आएको छ । कम्पनीले बोनस शेयर पछि कायम चुक्ता पूँजीको ४० प्रतिशत हकप्रद निष्काशन गर्ने भन्दै अनुमतिका लागि बीमा समितिमा पेश गरेको थियो । तर समितिले स्वीकृत नदिएकाले साधारणसभामा पेश गरेको छैन ।

कम्पनीको हालको चुक्ता पूँजी एक अर्ब ९ करोड रुपैयाँ रहेको छ । प्रस्तावित १० प्रतिशत बोनस शेयर पारित पछि भने एक अर्ब २० करोड रुपैयाँ पुग्नेछ । साधारणसभामा आर्थिक वर्ष २०७६/७७ को लेखापरिक्षण प्रतिवेदन उपर छलफलका गरि स्वीकृतिका लागि पेश गरिने भएको छ ।

कम्पनी ऐन अनुसार चालु आर्थिक वर्ष २०७७/७८ को लेखापरिक्षक नियुक्तिको प्रस्ताव साधारणसभामा पेश गरिने भएको छ । लेखापरिक्षक नियुक्तिका साथै निजको परिश्रमिक पनि निर्धारण गरिने छ ।

प्रस्तावित बोनस शेयर वितरण पछि कम्पनीको चुक्ता पूँजी बढ्ने भएकाले कम्पनीको प्रवन्धपत्र तथा नियमावली संसोधन गरि पारितका लागि साधारणसभाबाट पारित गरिने भएको छ । साधारणसभा प्रयोजनका लागि साउन १४ गते एक दिन बुक क्लोज गरिने छ । साउन १३ गतेसम्म कायम शेयरधनीले प्रस्तावित बोनस शेयर प्राप्त गर्ने छन् ।

2680
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका