जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • सनराइज बैंकले नाफामा साढे १० प्रतिशतले बृद्धि गर्यो

सनराइज बैंकले नाफामा साढे १० प्रतिशतले बृद्धि गर्यो

डुबेको ऋण उठाउँदै नोक्शानी ब्यवस्थापन (प्रोभिजनिङ) घटाएर सनराइज बैंकले खुद नाफामा दोहोरो अंकक बृद्धि हासिल गरेको छ। बैंकले सोमबार गत आर्थिक बर्षको बित्तीय विवरण सार्वजनिक गर्दै खुद नाफा १०.५५ प्रतिशतले बढेको जनाएको छ

बैंकले एक अर्ब ३५ करोड ९४ लाख रुपैयाँको नाफालाई एक अर्ब ५० करोड रुपैयाँ पुर्याएको हो। खुद ब्याज आम्दानी घट्दासमेत बैंकको नाफामा सुधार देखिएको हो।

बैंकले ब्यापार २४ प्रतिशतले बढाउँदासमेत ब्याज आम्दानीमा गिरावट आएको छ। खुद ब्याज आम्दानी ८.७७ प्रतिशतले घटेर ३ अर्ब ५२ करोड रुपैयाँमा आएको छ।

जबकी बैंकले ऋण बिस्तार २४ प्रतिशतले गरेर एक खर्ब रुपैयाँ पुर्याएको छ। बैंकको निक्षेप बृद्धि पनि १८ प्रतिशतले बढेर एक खर्ब ६ अर्ब रुपैयाँ नाघेको छ। बैंकको आम्दानी बढ्नुमा फी, कमिसन र छुटको कमाइको योगदान छ। यो आम्दानी १२ प्रतिशत हाराहारीले बढेर ९६ करोड रुपैयाँ पुगेको छ।

बैंकको प्रोभिजनिङ ७० प्रतिशतले घटेको छ। यसले गर्दा खराब ऋण पनि उठेको छ। बैंकले यो बर्ष २५ करोड रुपैयाँ प्रोभिजनिङ गरेकोछ ।

बैंकले ४.३७ प्रतिशतको स्प्रेड दरलाई ४.०३ प्रतिशतमा झारेको छ भने आधार दर ८.९५ प्रतिशतबाट ६.७ प्रतिशतमा ल्याएको छ। बैंकको प्रति सेयर आम्दानी १५.८४ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात २२.९२ गुणा छ।

3920
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका