जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • महालक्ष्मी विकास बैंक र कान्तिपुर अस्पतालबीच सम्झौता

महालक्ष्मी विकास बैंक र कान्तिपुर अस्पतालबीच सम्झौता

महालक्ष्मी विकास बैंक र कान्तिपुर अस्पतालबीच व्यवसायिक सम्झौता भएको छ। यो सम्झौतापछि बैंकका ग्राहकले कान्तिपुर उपचार गराउँदा विभिन्न सेवा शुल्कमा छुट पाउनेछन्।

सम्झौता अनुसार बैंकको डेबिट कार्ड र मोबाइल बैंकिङ मार्फत भुक्तानी गर्ने ग्राहकहरुले निशुल्क एम्बुलेन्स सेवा, बेड चार्ज, आइसियू एचसियू भेन्टिलेटर चार्ज र फार्मेसीमा १० प्रतिशत छुट हुनेछ।

जेनरल बेड चार्ज/क्याबिन, इन्भेस्टिगेशन ल्याब, एक्सरे, युएसजी, इसीजी लगायतका १५ प्रतिशत छुट हुने बैंकले जनाएको छ।

सम्झौता पत्रमा अस्पतालका तर्फबाट कार्यकारी निर्देशक हिमालय बिक्रम मल्ल ठकुरी र बैंकका तर्फबाट बानेश्वर शाखाका प्रमुख विकास रावलले हस्ताक्षर गरे।

 

1850
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका