जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका ग्राहकलाई बुद्ध एयरमा आकर्षक छुट

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका ग्राहकलाई बुद्ध एयरमा आकर्षक छुट

नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआईएमबी) लिमिटेडका ग्राहकलाई बुद्ध एयरबाट यात्रा गर्दा आकर्षक छुट पाइने भएको छ ।

एनआईएमबी र बुद्ध एयरबीच भएको सम्झौतामा एनआईएमबीका ग्राहकका साथै ग्राहकका परिवार (बुबा, आमा, श्रीमती, छोरा/छोरी) लाई बुद्ध एयरको हवाई टिकट खरिद गर्दा ८ प्रतिशत छुट दिने भएको छ ।

सम्झौता अनुसार टिकटमा छुट लिनका लागि बुद्ध एयरका काउन्टरबाट टिकट खरिद गर्ने ग्राहकले एनआईएमबी डेबिट/क्रेडिट कार्ड वा एनआईएमबी मोबाईल बैंकिङ मार्फत भुक्तानी गर्नुपर्ने हुन्छ ।

यो सम्झौताबाट एनआईएमबीका ग्राहकहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास बैंकको छ ।

2830
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका