जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • उपत्यकामा हट्यो निषेधाज्ञा: सिनेमा हल मठमन्दिर भोलीबाट खुल्ने

उपत्यकामा हट्यो निषेधाज्ञा: सिनेमा हल मठमन्दिर भोलीबाट खुल्ने

काठमाडौं उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले ५ महिनादेखि जारी निषेधाज्ञा हटाएको छ। काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले निषेधाज्ञा हटाएर आदेश मात्र जारी गरेको जानकारी दिए ।  

उनले आर्थिक न्युजसँग भने, ‘बुधबार बसेको तीन वटै जिल्ला प्रशासन कार्यालयको बैठकले निषेधाज्ञा हटाएर आदेश मात्र जारी गर्ने निर्णय गरेको छ । सोहि अनुसार हामीले आदेश जारी पनि गरिसकेका छौं । ती आदेशहरू भदौ १७ गतेदेखि भदौ मसान्तसम्म लागू हुनेछ ।’ साथै भोलीबाट स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सिनेमा हल, मठ मन्दिर पनि खोल्न दिने निर्णय भएको उनले बताए ।  

प्रमुख जिल्ला अधिकारी पराजुलीका अनुसार शैक्षिक संस्थाहरु (विद्यालय)ले भौतिक उपस्थितीमा पठन पाठन गर्न गराउन पाइने छैन । गर्नै पर्ने भएमा नेपाल सरकारले जारी गरेको स्मार्ट लकडाउनको प्रावधान भित्र रही स्थानिय तहहरुले जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रसँग समन्वय गरी विद्यालय सञ्चालनको निर्ण गर्न सक्ने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ । 

तर, काठमाडौं महानगरपालिका भने विद्यालय सञ्चालनबारे अन्यौलमै रहेको छ । महानगर प्रमुख विद्यासुन्दर शाक्यले विद्यालय सञ्चालनबारे छफलफल गरेर मात्र निर्णय गर्ने बताए । उनले आर्थिक न्युजसँग भने, ‘सिडियोको यस्तो आदेश पछि हामी छलफलको तयारी गर्छौ । सबैसँगको छलफल पछिको निश्कर्ष जे हुन्छ त्यहि अनुसार सर्कुलर जारी गर्छौँ ।’ 

त्यस्तै, निजी विद्यालयको छाता संगठन नीजि तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन)का केन्द्रीय अध्यक्ष टीकाराम पुरीले शिक्षा मन्त्रालयले कोभिड १९ संकट व्यवस्थापन केन्द्र सिसिएमसीलाई विद्यालय सञ्चालनबारे प्रतिवेदन बुझाइसकेको बताए । उनले भने, ‘शिक्षा मन्त्रालयले चार वटा क्षेत्र बनाएर विद्यालय सञ्चालनको मापदण्ड तोकेको प्रतिवेदन सिसिएमसीमा बुझाएको सुनेका छौं । उक्त प्रतिवेदन अनुसार चार वटा क्षेत्र कसरी विभाजन गरिएका छन् । संघीय सरकार र स्थानिय सरकारको समन्वयमा हाम्रा विद्यालय सञ्चालनको मापदण्ड बन्दैछ । सोहि मापदण्ड अनुसार विद्यालय सञ्लानग गर्न हामी तयारीमा छौं ।’   

हेर्नुहोस् नयाँ आदेश 

3910
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका