जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • नेपाल बैंकका सीइओ अधिकारीको नालायकीपनको पराकाष्टः ५० लाख घोटला गरेको भन्दै अख्तियारद्वारा ३ कर्मचारी बिरुद्ध मुद्दा दायर !

नेपाल बैंकका सीइओ अधिकारीको नालायकीपनको पराकाष्टः ५० लाख घोटला गरेको भन्दै अख्तियारद्वारा ३ कर्मचारी बिरुद्ध मुद्दा दायर !

नेपाल बैंक सरकारको ठूलो हिस्सा प्रमोटर शेयर भएको बैंक हो तर, एकपछि अर्को गर्दै घोटला काण्ड बाहिर आएका छन् भन्दा फरक पर्दैन । बैंकिङ्ग ज्ञान नै नभएका व्यक्ति कृष्ण बहादुर अधिकारीलाई तत्कालीन अर्थभन्त्री डा.युवराज खतिवडाले यति ठूलो र पुरानो बैंकका सीइओ बनाएपछि बैंक भित्र वेथिति बढेको देखिन्छ । तर, राष्ट्र बैंक तै चुप मै चुप छ भन्दा फरक पर्दैन । नयाँ सरकारले नेपाल बैंकका सीइओ अधिकारीका बारेमा सोच्ने बेला आयो कि हेक्का होस् ।

अख्तियार दुरुपयोग अनुसन्धानले नेपाल बैंक लिमिटेड मगलवा शाखाबाट करिब ५० लाख घोटला भएको फेला पारेपछि ३ जना कर्मचारी बिरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको भेटिएको छ । घटना हुनुमा नेपाल बैंकका सीइओ अधिकारीको नालायकीपनको पराकाष्ट हो भन्दा फरक पर्दैन । अर्थमन्त्रीज्यू हेक्का होस् ।
हेरौ घटना कस्तो थियो त ?

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल बैक लिमिटेड मंलगवा शाखा, सर्लाहीको सहायक सहित ३ जना विरुद्द विशेष अदालतमा भ्रष्ट्राचार मुद्दा दायर गरेको देखिन्छ । आयोगले सर्लाही शाखामा कार्यरत सन्तोष बिक्रम शाहसमेत ३ जना उपर करिब ५० लाख कायम गरी सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको कसुरमा मुद्दा दायर गरेको देखिन्छ ।
सर्लाही जिल्लाको लालवन्दी नगरपालिका भवन बनाउन ठेक्का दिँदा ठेकेदारलाई नक्कली बैँक ग्यारेन्टीको आधारमा भुक्तानी गरेको, हाल भवन बन्ने काम रोकिएको भन्ने उजुरी उपर अनुसन्धान हुँदा नेपाल बैंक लिमिटेड मलंगवा शाखाको नक्कली अग्रिम भुक्तानी जमानत बनाई रु.४२,००,०००।– भुक्तानी लिई सरकारी रकम हिनामिना गरेको पुष्टि भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दाबी छ ।
मुद्दामा के छ त ?

(क) नेपाल बैंक लिमिटेड मंलगवा शाखा, सर्लाहीको ऋण फाँटमा सहायक पदमा कार्यरत सन्तोष बिक्रम शाहले सर्लाही जिल्लाको लालबन्दी नगरपालिका भवनको निर्माण गर्ने क्रममा लोकबीर बेताली÷पाँच कुमारी जे.भी.का पार्टनरहरु अनिल गुप्ता र शिब नन्दन पासवानसगँको मिलोमतोमा रु. ४२,००,०००।– को नक्कली एडभान्स पेमेन्ट ग्यारेन्टी तयार गरेको र सोही आधारमा रु. ४२,००,०००।– लोकबीर बेताली÷पाँच कुमारी जे.भी.का शिबनन्दन पासवानले नगरपालिकाबाट भुक्तानी लिएको देखिएकोले निज सन्तोष बिक्रम शाहले उक्त रकम हिनामिना हानिनोक्सानी गरेको पुष्टि हुन आएको हुँदा निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ अनुसारको कसुरजन्य कार्य भएकोले निजलाई बिगो रु. रु. ४२,००,०००।– (अक्षरुपी बयालीस लाख रुपैयाँ) कायम गरी सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (छ) बमोजिम सजाय हुन र सोही ऐनको दफा १७ बमोजिम उक्त बिगो असुल हुन मागदाबी लिइएको भनिएको छ ।

(ख) लोकबीर बेताली÷पाँच कुमारी जे.भी.का पार्टनरहरु अनिल गुप्ता र शिब नन्दन पासवानले नेपाल बैंक लिमिटेड मलंगवा, सर्लाही शाखाका तत्कालीन सहायक सन्तोष विक्रम शाहसँगको मिलोमतोमा रु. ४२,००,०००।– को नक्कली एडभान्स पेमेन्ट ग्यारेन्टी तयार गर्न लगाई उक्त रकम भुक्तानीसमेत लिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८(४) को कसुर गरेको हुँदा निजहरुउपर बिगो रु. ४२,००,०००।– (अक्षरुपी बयालीस लाख रुपैयाँ) कायम गरी सोही ऐनको दफा ८(४) बमोजिम सजाय हुन र उक्त बिगो जफत समेत हुन मागदाबी लिइएको देखिन्छ ।

7925
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका