जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • राष्ट्र बैंकले माग्यो मौद्रिक नीतिका लागि राय-सुझाव

राष्ट्र बैंकले माग्यो मौद्रिक नीतिका लागि राय-सुझाव

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिका लागि राय-सुझाव माग गरेको छ । राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिका लागि आफ्ना राय सुझावहरु दिन आग्रह गरेको हो ।

आर्थिक अनुसन्धान विभागको इमेल [email protected] वा विभागको कार्यालय रहेको बालुवाटार स्थित एनआरएन भवनको ठेगानामा सुझावहरु पठाउन विभागले आग्रह गरेको  छ । नेपाल राष्ट्र बैंक ऐन २०५८ मा भएको व्यवस्था बमोजिम राष्ट्र बैंकले प्रत्येक वर्ष मौद्रिक नीति सार्वजनिक गर्दै आएको छ । 

सरकारले बजेट सार्वजनिक गरेपछि बजेट कार्यन्वयनमा सहयोग पुग्ने गरि राष्ट्र बैंकले मौद्रिक नीति सर्वजनिक गर्ने गर्दछ । सरकारले बजेटमा अर्थतन्त्रमा सिर्जना भएको गतिशीलता, पुनरुत्थान, निजी क्षेत्रको उत्साहप्रद लगानी र सरकारद्बारा आर्थिक तथा सामाजिक क्षेत्रमा गरेको लगानीबाट आगामी आर्थिक वर्ष ८ प्रतिशतले आर्थिक वृद्धि हुने अपेक्षा लिएको छ ।  उल्लिखित आर्थिक वृद्धि हासिल गर्न र समष्टिगत आर्थिक स्थायित्व कायम गर्न मुद्रास्फीतिलाई ७ प्रतिशतमा सीमित राख्ने सरकारको लक्ष्य छ । यी २ लक्ष्य हाँसिल हुने गरि राष्ट्र बैंकले  मौद्रिक नीति तर्जुमा गर्नु पर्ने हुन्छ।

3575
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका