जोडिनुहोस
बिहिबार, बैशाख २०, २०८१
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • लाइफ इन्स्यारेन्स कर्पोरेसनको साधारण सभा सम्पन्न

लाइफ इन्स्यारेन्स कर्पोरेसनको साधारण सभा सम्पन्न

लाइफ इन्स्यारेन्स कर्पोरेसन (नेपाल) को १७औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । सभामा कम्पनीले ७० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको आधारमा ३४ दशमलव ४६ प्रतिशत बोनस शेयर र ३५ दशमलव ५४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ । कम्पनीले बोनस शेयर वितरणपश्चात कायम हुन आउने दशमलव पछिको अंकलाई सम्बन्धित शेयरधनीको नाममा पछि समायोजन गर्ने गरी यथावत राख्ने प्र्रस्तावलाई समेत पारित गरेको छ ।
कम्पनीले साधारण सभा प्रयोजनका लागि साउन ९ गतेदेखि बुक क्लोज गरेकोले सो लाभांश साउन ८ गतेसम्म कायम सदस्यले मात्र पाउने भएका छन् ।
हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ४९ करोड ४८ लाख ३८ हजार रहेको छ । प्रस्तावित ३४ दशमलव ४६ प्रतिशत बोनस शेयर पश्चात कम्पनीको चुक्ता पुँजी २ अर्ब ९९ लाख ५९ हजार पुग्नेछ ।

5860
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?