जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • विराटनगर–काठमाण्डौं ‘बुलेट एसी’ बस संचालनमा

विराटनगर–काठमाण्डौं ‘बुलेट एसी’ बस संचालनमा

विराटनगर सहित प्रदेश १ को धरान र काकडभिट्टाबाट काठमाडौँका लागि बुलेट एसी बस संचालनमा आएको छ । विराटनगर–काठमाण्डौंका लागि सुविधा सम्पन्न बुलेट एसी बस संचालनमा आएका हो । बुलेट एसी प्रा.लि.ले देशभरका सात सहरका लागि काठमाडौँदेखि यो बस सञ्चालन गर्ने भएको हो । विराटनगर – काठमाडौँको लागि १ हजार ७ सय ५५ रुपैयाँ पर्ने बुलेट बसको यात्रा भाडालाई दशैं अफरका रुपमा एक हजार ५०० रुपैयाँ कायम गरिएको छ ।
भाइकिङ्ग बस भएका कारण यस बुलेट एसी बसको सिट क्षमता ३९ रहेको छ । यसका सवार यात्रुका लागि कम्पनिले प्राथमिक स्वास्थ्य उपचारका लागि प्रयोग गरिने स्वास्थ्य किट उपलब्ध गराउने छ । कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि आवश्यक पर्ने सामाग्री किटमा समावेश गरिएको हुन्छ । किट उपलब्ध गराए वापत यात्रुले छुट्टै रकम बुझाउनु पर्ने छैन । किटमा पानी, ग्लोब्स, मास्क र केहि रुघाखोकी लाग्दा सेवन गर्ने औषधीहरु समावेश गरिने छ । सरोज न्यौपाने र उमेश खड्का लगायतले यो बुलेट बस प्रा.लि.मार्फत सातवटा बस संचालनमा ल्याएका हुन् ।
१० करोड ५० लाखको लागतमा संचालनमा ल्याईएको बुलेट बसमा हवाई जहाजको जतिकै सुबिधा रहेको दाबी गरिएको छ । यात्राको लागि यात्रुले अनलाईन तथा बुकिङ काउन्टरबाट टिकट लिन पाउने ब्यवस्था गरिएको छ । बुलेट बस सञ्चालक समुहले २७ सिटर बस २÷१ सोफा लक्जरि सिट सहितको बसहरु संचालनको तयारी समेत गरेको छ । त्यसमा भने शौचालयको सुविधा बस भित्रै हुनेछ ।

4940
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका