जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • एभरेष्ट बैंकको २९ औं वार्षिक साधारण सभा सम्पन्न, लाभांश पारित

एभरेष्ट बैंकको २९ औं वार्षिक साधारण सभा सम्पन्न, लाभांश पारित

एभरेष्ट बैंक लिमिटेडको २९ औं वार्षिक साधारण सभा मंगलबार सम्पन्न भएको छ । सभाले लेखापरिक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७९/८० को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँड हिसाब र वार्षिक प्रतिवेदन पारित गरेको हो ।

साधारण सभाले शेयरधनीहरुलाई आ.व. २०७९/८० का लागि १० प्रतिशत बोनस शेयर र १०.५३ प्रतिशत नगद लाभांश (बोनस शेयरमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बैंकले प्रस्तावित बोनस शेयर वितरण भए पश्चात हालको जारी र चुक्ता पूँजी वृद्धि हुने भएकोले जारी र चुक्ता पूँजी वृद्दि गर्न प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव साधारणसभाले पारित गरेको छ ।

बैंकको साधारण सभाले आ.ब २०८०/८१ को लागि एन. अमात्य एंड कम्पनी, चार्टड एकाउन्टेन्सलाई लेखापरीक्षकमा नियुक्त गर्ने निर्णय सर्वसम्मतिबाट पारित गरेको छ ।

4090
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्