जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • नेप्सेका सीइओ चन्द्र सिंह साउदको अबैध धन्दा एक पछि अर्को, लिलामीको शेयर समेत खरिद गरेको खुलासाः अर्थमन्त्रालय बेखबर ?

नेप्सेका सीइओ चन्द्र सिंह साउदको अबैध धन्दा एक पछि अर्को, लिलामीको शेयर समेत खरिद गरेको खुलासाः अर्थमन्त्रालय बेखबर ?

नेपाली कांग्रेसका नेता एनपी साउदका दाई एवं नेपाल एटक एक्सचेन्जका विवादास्पद सीइओ चन्द्र सिंह साउदले सर्वोत्तम सिमेन्टको गोल्डन शेयर भित्रीरुपमा किनेर पदको दुरुपयोग गरेको फेला परे लगतै सिभिल लघुवित्त कम्पनीका विक्री नभएको हकप्रदको लिलामीको शेयर किनेको फेला परेको छ ।

निमयनकारी निकायको सीइओले भित्रीरुपमा शेयरको कारोबार गरि अकूत सम्पत्ती कमाएको देखिन्छ । तर, अर्थमन्त्रालय बेखबरझै छ भन्दा फरक पर्दैन । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा प्रधानमन्त्री भएसंगै आफूलाई नेप्सेका सीइओ साउदले पत्रकारलाई धम्काउदै आएको भेटिएको छ । यो कस्तो दादागिर हो हेक्का होस् ।

नेपालको कानूनले कसैलाई पनि लुट्ने अधिकार दिएको छैन । अर्थमन्त्रीज्यू हेक्का होस् ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का सीइओ चन्द्रसिंह साउदले बिक्री नभएको हकप्रद सेयरको लिलामीमा सहभागी भएको भेटिएको छ । भन्दा अब चाहि फरक पर्दैन ।

नेप्सेका सीइओ चन्द्र सिंह साउदले सिभिल लघुवित्तको बिक्री नभएको हकप्रदको लिलामीमा भाग लिएको देखिन्छ । यो लुट नभए हे हो ?
सिभिल लघुवित्तले जारी गरेको हकप्रद सेयर बिक्री नभएपछि गतवर्ष असोजमा लिलाम बढाबढ गरेर हकप्रद सेयर बिक्री गरेको देखिन्छ । अर्थमन्त्रीज्यु हेक्का होस् ।

सिभिल लघुवित्तको ११ हजार ६०८ कित्ता संस्थापकतर्फ र ८९ हजार ४५० कित्ता साधारणतर्फको हकप्रद बिक्री नभएपछि लिलामी खुल्ला गरेको थियो ।

नेप्से सीइओसाउदलाई आइपीओ भर्न छुट छ । तर, लिलामीको सेयर लिलाम बढाबढमा हुने भए पनि नेप्सेको सीइओ साउदले शक्तिको दुरुपयोग गरेर आफूलाई पार्न सक्ने सम्भावना बढी हुन्छ ।

त्यो हुँदा नेपाल धितोपत्र बोर्डको नेतृत्व तथा नेप्सेको नेतृत्वमा बस्नेले हकप्रदको लिलामीको प्रक्रियामा सहभागी हुँदा नैतिक प्रश्न उठ्छ की उठ्दैन अर्थमन्त्रीज्यू हेक्का होस् । के नेप्सेका सीइओ साउदलाई कानून लाग्दैन ?

नेप्से सीइओ चन्द्र सिंह साउदले ५०० कित्ता सेयर प्रतिकित्ता ६४५ रुपैयाँको दरले किन्नको लागि लिलामी प्रक्रियामा सहभागी भएको प्रमाण आर्थिक बजार डटकमले फेला पारेको छ ।

मनिन्छ नियामक निकाय र नेप्सेको सीइओको भूमिकामा बस्ने व्यक्तिले बिक्री नभएको हकप्रदको लिलामी प्रक्रियामा सहभागी हुन मिन्दैन ।
‘लिलामीमा नियामक निकायका प्रमुख र नेप्सेका सीइओ सहभागि नहुँदा राम्रो हुन्छ, विदेशमा यस्तो अभ्यास भएको देखिदैन ।

नेप्से सीइओ साउदले बुक बिल्डिङबाट आइपीओ ल्याउन लागेको सर्वोत्तम सिमेन्टको सेयर श्रीमति शुसीलाकुमारी बोहराको नाममा १० हजार कित्ता किनेका थिए । उनीलाई उनीलाई अर्थमन्त्रालयले स्पष्टिकरण मागेको छ ।

साउद सर्वोत्तमको सेयर खरिद गरेको विषय अहिले हट केक बनेको छ । अर्थ मन्त्रालयले स्पष्टिकरण सोधिसकेको छ । भन्दा फरक पर्दैन । सचेत भया ।

 

9150
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका