जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • गरिमा विकास बैंकका ग्राहकलाई ‘सिद्घार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी’ र ‘चितवन प्याराडाईज होटल’मा आर्कषक छुट

गरिमा विकास बैंकका ग्राहकलाई ‘सिद्घार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी’ र ‘चितवन प्याराडाईज होटल’मा आर्कषक छुट

सफल व्यवसाय विस्तार गर्दै अघि बढिरहेको ‘सिद्घार्थ बिजनेस गु्रप अफ हस्पिटालिटी’ र पर्यटकिय गन्तव्य चितवनमा अवस्थित आकर्षक ‘चितवन प्याराडाईज होटल’ सँग गरिमा विकास बैंकले उनीहरुले प्रदान गर्ने विभिन्न सेवा सुविधामा आकर्षक छुटको लागि सम्झौता गरेको छ । बैंकद्घारा जारी विज्ञप्ति अनुसार गरिमा विकास बैंकका डेविट कार्ड तथा मोबाईल बैकिङ्ग प्रयोगकर्ताहरुले ‘सिद्घार्थ बिजनेस गु्रप अफ हस्पिटालिटी’ र ‘चितवन प्याराडाईज होटल’को शाखाहरुबाट विल भुक्तानी गर्नुहुँदा रुम र फुड एण्ड वेभरेजमा आकर्षक छुट पाउन सक्नुहुनेछ ।
गरिमा विकास बैंकले आफ्ना ग्राहकहरुको थप सुविधाको लागि विभिन्न हस्पिटालिटी सेक्टर, हेल्थ सेक्टर र अन्य सेक्टरहरु सँग छुट सम्बन्धि सम्झौता गर्दै आईरहेको र यसलाई भविष्यमा पनि प्राथमिकताको साथ निरन्तरता दिने कुरा जनाएको छ ।

3305
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका