जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • आचार्य आत्मदाह प्रकरणमा भाटभटेनीका सञ्चालक गुरुङसँग प्रहरीले लियो प्रारम्भिक बयान

आचार्य आत्मदाह प्रकरणमा भाटभटेनीका सञ्चालक गुरुङसँग प्रहरीले लियो प्रारम्भिक बयान

प्रेम प्रसाद आचार्यको आत्मदाह प्रकरणमा प्रहरीले भाटभटेनीका सञ्चालक मिनबहादुर गुरुङसँग प्रारम्भिक बयान लिएको छ।

आत्महत्या दुरुत्साहनको कसुरमा अनुसन्धान गर्नेक्रममा गुरुङसँग काठमाडौं प्रहरी परिसरको टोलीले सोमबार प्रारम्भिक बयान लिएको हो। बयान दिन गुरुङ परिसर पुगेका थिए। आचार्यले गत साता नयाँ बानेश्वरस्थित संसद भवन बाहिर आत्मदाह गरेका थिए। उनको उपचारका क्रममा भोलिपल्ट बिहान मृत्यु भएको थियो।

आचार्यले आत्मदाह गर्नुअघि लेखेको फेसबुक स्टाटसका आधारमा अधिवक्ता स्वागत नेपालले विभिन्न संस्था र व्यक्तीविरुद्ध आत्महत्या दुरुत्साहन कसुरमा जाहेरी दिएका थिए। आचार्यको ६ हजार शब्दभन्दा लामो फेसबुक स्टाटसमा आफुलाई भाटभटेनीसहित विभिन्न व्यक्ति र संस्थाहरुले लगातार झुलाएको र दुख दिएको उल्लेख गरेका थिए। आफु रिणमा डुब्नुमा उनिहरुको पनि हात रहेको आशय स्टाटसमा थियो। गुरुङले बयानमा के भन्नेबारे प्रहरीले केही खुलाएको छैन।

4375
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्