जोडिनुहोस
बिहिबार, चैत्र १५, २०८०
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • कोकाकोलाले सार्वजनिक गर्‍यो सस्टेनेबिलिटी हाइलाइट्स रिपोर्ट, वातावरणमैत्री प्रयासमा

कोकाकोलाले सार्वजनिक गर्‍यो सस्टेनेबिलिटी हाइलाइट्स रिपोर्ट, वातावरणमैत्री प्रयासमा

कोकाकोलाले पहिलोपटक आफ्नो सस्टेनेबिलिटी हाइलाइट्स रिपोर्ट जारी गरेको छ। रिपोर्टले सन् २०२० को समावेशी, दिगो र उज्ज्वल भविष्यको लागि कम्पनीको प्रयासहरुलाई दर्शाएको बताइएको छ। 

रिपोर्टले पानी व्यवस्थापन, प्लास्टिक पुनर्प्रयोग, कार्बोन कटौतीसहित कोभिड-१९ को समयमा प्रतिक्रियासहित कर्पोरेट नागरिक जसमा युवा, महिला, आपूर्तिकर्ता र कर्मचारीहरु सामेल रहेको कम्पनीले जनाएको छ। 

कोकाकोलाले संयुक्त राष्ट्रसंघको १७ वटा दिगो विकास लक्ष्यहरुलाई आफ्नो मुख्य रणनीतिमा एकीकृत गराएको जनाएको छ।

‘कोकाकोलाको प्रणालीले व्यापार वृद्धि गर्नको लागि दिगोपनलाई एक शर्तको रुपमा लिएको छ। १९७३ देखि हामी कोकाकोलालाई हरेक नेपालीहरुको रिफ्रेसमेन्टको पहिलो रोजाइ बनाउने व्यवसायमा अघि बढेका छौं,’ कोकाकोला नेपालको कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले भने,’४० बर्ष भन्दा बढी समयदेखि हामी कम्युनिटी ड्रिभन, कस्टुमर फोकस्ड रहेको साथै सबैका लागि लाभदायी रहने दिगो व्यवसायको निर्माण गर्न प्रयास गरिरहेका छौँ।’

कोकाकोलाको दीर्घकालीन सफलता र ग्राहकहरुको स्वास्थ्यका लागि खानेपानी सबैभन्दा केन्द्रमा रहेको भन्दै कम्पनीले पानीको सुनिश्चितता गर्ने क्रममा यसका स्रोतहरुको संरक्षण गर्ने जिम्मेवारी लिएको जनाएको छ। 

कोकाकोलाले नेपाल दुई सय प्रतिशतभन्दा बढी पानी पुनर्भरणको क्षमता हासिल गरेको जसमा रेनवाटर हार्बेस्टिङ, ग्राउन्डवाटर रिचार्ज र वाटरएड, स्मार्टपानीसँगको वाटरशेड पुनर्स्थापना साझेदारी जस्ता परियोजनाहरु सञ्चालन रहेको जनाएको छ। 

यसको अर्थ कोकाकोलाले पेय पदार्थको उत्पादनमा प्रयोग हुने पानीको प्रत्येक थोपाको लागि दोब्बर पानी फिर्ता दिइरहेको दाबी गरेको छ। 
सन् २०१८ मा कोकाकोलाले विश्वव्यापी रूपमा ‘वर्ल्डद विदआउट वेस्ट’ अभियान घोषणा गरेको थियो। जसको उद्देश्य सन् २०३० सम्ममा बेचिएका सबै बोतलहरुलाई संकलन र प्रनर्प्रयोग गर्ने लक्ष्य राखेको छ। 

यसको ग्लोबल भिजनको समर्थनमा कोकाकोलाले ‘वर्ल्ड विदआउट वेस्ट’ का उद्देश्यहरुलाई प्राप्त गर्न आगामी परियोजनाहरुको पहल गरेको जनाएको छ। 

जसमा नगर मित्र, रिसाइक्लर साथी र रिफ्रेस तथा रिसाइकलका लागि कोकाकोलाले क्रिएसन, हिमालयन क्लाइमेट इनिसिएटिभ, डोको रिसाइक्लर्स र ब्लू वेस्ट २ भ्यालुलगायतका संस्थाहरुसँग सहकार्य गरिरहेको जनाएको छ। 

यी परियोजनाहरु काठमाडौंका दुई नगरपालिका र काठमाडौं बाहिरका सात नगरपालिकाहरुमा रहने बताइएको छ। यी परियोजनाहरुका साथै कोकाकोलाले नेपाली सेनासँग दुई बर्षसम्म ‘माउन्टेन क्लिन अप क्यामपियन’ का लागि सहकार्य गरेको जनाएको छ। 

कोकाकोलाले आफ्नो पोर्टफोलियोमा प्रयोग हुने पोलिइथाइलीन टेरेफ्थलेट (पीइटी) बोतललाई घटाउन अफोर्डेबल स्मल स्पार्कलिंग प्याकेज (एएसएसपी) टेक्नोलोजीको माध्यमबाट पीइटी बोतलहरुलाई हल्का तौलको बनाएको जनाएको छ। 

डिजाइन इनोभेसन र हल्का वजनमा निर्मित एएसएसपी प्याकेजिङ दुई सय ५० मिलिलिटर र पाँच सय मिलिलिटरको भेरियन्टमा उपलब्ध रहेको जनाएको छ।

त्यसैगरी, न्यूनतम प्रणाली ब्रेकेजको बाहेक बजारबाट १००% रिकभरीको लागि आरजीबी (रिटर्नेबल ग्लास बोतल)को प्रयोग गरिएको कम्पनीले जनाएको छ।  जसलाई १००% रिसाइकल गर्न सकिने बताइएको छ। यसबाहेक कोकाकोलाले सेकेन्डरी प्याकेजिङमा प्लास्टिकको उपयोगलाई कम गर्नको लागि विभिन्न आपूर्तिकर्ताहरुसँग सहकार्य गरिरहेको जनाएको छ।

1870
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका