जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • प्रभु महालक्ष्मी लाइफ र भगवती हाइड्रोपावरको बोनस सेयर नेप्सेमा सूचीकृत

प्रभु महालक्ष्मी लाइफ र भगवती हाइड्रोपावरको बोनस सेयर नेप्सेमा सूचीकृत

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ। सोमबार प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स र भगवती हाइड्रोपावरको बोनस सेयर थपिएको हो।

प्रभु महालक्ष्मी लाइफको ४२ लाख ९६ हजार कित्ता सेयर थपिएको छ। प्रभु महालक्ष्मीले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट १० प्रतिशत बोनस सेयर वितरण गरेको थियो। बोनस सेयर सूचीकृत भएपछि कम्पनीको चुक्ता पुँजी ४ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ। नेपाल बीमा प्राधिकरणले लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी ५ अर्ब रुपैयाँ तोकेको छ। प्राधिकरणले तोकेको पुँजी पुर्‍याउन कम्पनीले हकप्रद सेयर निष्कासन गर्दैछ।

यस्तै, भगवती हाइड्रोपावरको २ लाख २८ हजार ८२६ कित्ता सेयर थपिएको हो। बोनस सेयर सूचीकृत भएपछि कम्पनीको चुक्ता पुँजी ५९ करोड ४९ लाख रुपैयाँ पुगेको छ।

2655
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका