जोडिनुहोस
बिहिबार, चैत्र १५, २०८०
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • समृद्धि फाईनान्सले मनायो २१औं वार्षिकोत्सव, लोभलाग्दो ब्याजमा उत्कृष्ठ ४ खाता सार्वजनिक

समृद्धि फाईनान्सले मनायो २१औं वार्षिकोत्सव, लोभलाग्दो ब्याजमा उत्कृष्ठ ४ खाता सार्वजनिक

समृद्धि फाईनान्सले  २१औं वार्षिकोत्सवको अवसरमा आफ्नो सबै शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गरि वार्षिकोत्सव मनाएको छ । यस संस्थाका अध्यक्ष ठाकुर प्रसाद भट्टराईको अध्यक्षतामा वार्षिकोत्सव कार्यक्रम आयोजना भएको हो ।

वार्षिकोत्सवको अवसरमा समृद्धि फाईनान्स नेसनल (भेट्रान) चेस च्याम्पियन–२०२२ को मुख्य प्रायोजक भइ कार्तिक १९ गतेदेखि २१ गतेसम्म कार्यक्रम आयोजना गराएको थियोे । यस अवसरमा लोभ लाग्दो ब्याज खाता सार्वजनिक गरेको छ ।

दश वर्षभन्दा पुरानो ४ जना कर्मचारीहरुलाई दिर्घसेवा पदक सहित प्रमाणपत्र प्रदान गरि सम्मान गरेको छ । आफ्नो सबै शाखाहरुको कर्मचारीहरुलाई दिएको लक्ष्य पुरा गर्ने १३ जना कर्मचारीहरुलाई प्रमाणपत्र प्रदान गरि सम्मान गरेको छ । साथै यस संस्थाका सबै शाखाको ऋणीहरु मध्ये १० जना उत्कृष्ठ ऋणीहरुलाई सबै शाखाहरुमा भएको कार्यक्रमबीच प्रमाणपत्र प्रदान गरि सम्मान गरिएको छ ।

२१औं वार्षिकोत्सवको अवसरमा लोभ लाग्दो ब्याज खातामा उत्कृष्ठ ४ वटा खाताहरु सार्वजनिक गरिएको थियो । लोभ लाग्दो ब्याज खातामा अधिकतम १० प्रतिशत ब्याज भएको नागरिक बचत खाता, ३ महिने मुद्दती निक्षेपमा १३.२० प्रतिशत रहेको खाता, कल खातामा ४.५ प्रतिशत ब्याज रहेको खाता र समृद्धि डबल धमाका, तेब्बर धमाका , पाँच गुणा र आठ गुणाको मुद्दतीखाताहरु भएको  लोभ लाग्दो ब्याज खाता योजना सार्वजनिक भएको थियो ।

1945
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका