जोडिनुहोस
बिहिबार, बैशाख ६, २०८१
बिहिबार, बैशाख ६, २०८१

हालको खबर

  • होमपेज
  • आइफोन १३ को प्रि-बुकिङ खुल्यो, कात्तिक १२ देखि डेलिभरी

आइफोन १३ को प्रि-बुकिङ खुल्यो, कात्तिक १२ देखि डेलिभरी

नेपालमा पनि आइफोन १३ सिरिजका विभिन्न मोडलहरुको प्रि-बुकिङ खुलेको छ। एप्पलको नेपालका लागि आधिकारिक बितरक इभोलुसन ट्रेडिङले आइफोन १३ सिरिजका विभिन्न ९ वटा मोडलहरुको प्रि-बुकिङ खोलेको जनाएको छ। 

ट्रेडिङले आइफोन १३, १३ प्रो, १३ प्रो म्याक्सको प्रि-अर्डर गर्ने ग्राहकहरुलाई आगामी कात्तिक १२ देखि स्मार्टफोन डेलिभरी गर्ने जनाएको छ। 

आइफोन १३ प्रो म्याक्स- २५८ जीबीको दुई लाख पाँच हजार ९०० रुपैयाँ, आइफोन १३- १२८ जीबीको एक लाख ३७ हजार ९०० रुपैयाँ, प्रो म्याक्स-१२८ जीबीको एक लाख ८९ हजार ९०० रुपैयाँ, १३ प्रो- १२८ जीबीको एक लाख ७४ हजार ९०० रुपैयाँ र १३ प्रो- २५६ जीबीको एक लाख ८९ हजार ९०० रुपैयाँ पर्ने ट्रेडिङले जनाएको छ। 

त्यसैगरी, १३ मिनी- १२८ जीबीको एक लाख २० हजार ९०० रुपैयाँ, १३- २५६ जीबीको एक लाख ५४ हजार ९०० रुपैयाँ, १३- ५१२ जीबीको एक लाख ८९ हजार ९०० रुपैयाँ र १३ मिनी- २५६ जीबीको एक लाख ३७ हजार ९०० रुपैयाँ पर्ने ट्रेडिङले जनाएको छ।  

इभोलुसन ट्रेडिङले अन्य पाँचवटा आइफोन १३ का मोडलहरु छिट्टै नेपाल भित्र्याउने जनाएको छ। आइफोन १३ प्रो म्याक्स- ५१२ जीबी, १३ प्रो म्याक्स- १ टिबी, आइफोन १३ प्रो- ५१२ जीबी, १३ प्रो- १ टिबी र १३ मिनी- ५१२ जीबीको प्रि-अर्डर खुलेको छैन। 

4540
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका