जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • एनसीसी बैंकको नाफा ५२% ले बढ्यो, लाभांश दिन सक्ने क्षमता १३.२३%

एनसीसी बैंकको नाफा ५२% ले बढ्यो, लाभांश दिन सक्ने क्षमता १३.२३%

एनसीसी बैंकले गत आर्थिक वर्षमा २ अर्ब २ करोड २२ लाख २२ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।

जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ५१.९८ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा बैंकको नाफा १ अर्ब ३३ करोड ६ लाख २५ हजार रुपैयाँ रहेको थियो ।

यो अवधिमा बैंकको वितरणयोग्य नाफा १ अर्ब ४७ करोड ४२ लाख ८७ हजार रुपैयाँ वितरणयोग्य नाफा रहेको छ । गत आवको नाफाबाट बैंकको लाभांश दिन सक्ने क्षमता १३.२३ प्रतिशत देखिएको छ ।

बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा आएको बढोत्तरीले बैंकको नाफा बढाउन सहयोग गरेको छ । एनसीसीको खुद ब्याज आम्दानी ३ अर्ब १४ करोड ९८ लाख ८५ हजार रुपैयाँबाट बढेर ४ अर्ब १५ करोड ५६ लाख ५१ हजार रुपैयाँ पुगेको छ ।

यस्तै सञ्चालन मुनाफा १ अर्ब ९२ करोड २६ हजार रुपैयाँबाट बढेर २ अर्ब ६७ करोड २१ लाख २९ हजार रुपैयाँ पुगेको छ ।
११ अर्ब १३ करोड ९६ लाख ७८ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ३ अर्ब ८४ करोड ९६ लाख २२ हजार रुपैयाँ रहेको छ ।

एक वर्षमा बैंकले १ खर्ब ३४ अर्ब ५७ करोड ६० लाख १४ हजार रुपैयाँ निक्षेप संकलन गरेर १ खर्ब २१ अर्ब १९ करोड ४ लाख ५० हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।

2595
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका