जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • सञ्चय कोषका सञ्चयकर्ताले २ खर्ब ऋण चलाए, परियोजनामा जाने ऋण १० प्रतिशतले वृद्धि भयो

सञ्चय कोषका सञ्चयकर्ताले २ खर्ब ऋण चलाए, परियोजनामा जाने ऋण १० प्रतिशतले वृद्धि भयो

कर्मचारी सञ्चय कोषको निवृत्तिभरण कोष एक वर्षमै २२८ प्रतिशतले बढेको छ। कोषले बुधबार सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय विवरणअनुसार निवृत्तिभरण कोष ४८ करोड रुपैयाँबाट बढेर एक अर्ब ५७ करोड ९७ लाख रुपैयाँ पुगेको छ।

कोषमा सञ्चय कोषका लागि भनेर जम्मा गर्ने रकम १२ प्रतिशतले बढेर ३ खर्ब ९८ अर्ब रुपैयाँ पुगेको छ। यसबाहेक कुल दायित्व र जगेडा कोष १५ प्रतिशतले बढेर ४ खर्ब ४४ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ।

कोषको बैंकमा राख्ने पैसा पनि बढेको छ। सञ्चयकर्ताले पैसा जम्मा गरेपछि कोषले त्यो केही बैंकमा राख्छ। त्यो रकम २२ प्रतिशतले बढेर एक खर्ब ३१ अर्ब रुपैयाँ पुगेको छ। 

सञ्चय कोषबाट सञ्चयकर्ताले लाने ऋण पनि साढे ५ प्रतिशतले बढेर २ खर्ब नाघेको छ भने परियोजनाम जाने ऋण १० प्रतिशतले बढेको छ। यस्तो ऋण ६८ अर्ब ५३ करोड नाघेको छ।

7120
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका