जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • पुनर्वास नगरपालिकामा आइएमई लाइफको नयाँ शाखा संचालनमा

पुनर्वास नगरपालिकामा आइएमई लाइफको नयाँ शाखा संचालनमा

आइएमई लाइफ इन्स्योरन्स कम्पनी लिमिटेडले पुनर्वास नगरपालिकामा आफ्नो शाखाको औपचारिक उद्घाटन गरेको छ । उक्त नयाँ शाखाको उद्धघाटन कम्पनीका क्षेत्रिय प्रबन्धक सुमन तिमिल्सिनाले र पुनर्वास नगरपालिकका मेयर जीवनराज थापाले गरेका हुन् ।

मेयर थापाले बीमा सम्बन्धी जागरण अभियानमा आईएमई लाइफ इन्स्योरन्स कम्पनीलाई सदैव सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका थिए ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयालले कम्पनीका भावी योजना, आधुनिक प्रविधिद्वारा प्रदान गरिने सुविधाका सम्बन्धमा र सुदुर पश्चिमका जनमानसमा जीवन बीमाको पहुँच तथा जागरुकताकोलागि सो शाखा बिस्तार कोसेढुंगा रहने बिचार व्यक्त गरे ।

कम्पनीका बिजनेस हेड कर्मराज पौडेलले आइएमई लाइफ इन्स्योरन्स कम्पनीमा बीमा अभिकर्ता भई काम गर्दा स्थानीय समुदायको समृद्धिमा टेवा पुग्ने बताए ।

2850
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका