जोडिनुहोस
बुधबार, असार १०, २०८३
बुधबार, असार १०, २०८३
  • होमपेज
  • महालक्ष्मी विकास बैंकको साधारणसभाले ८.८० प्रतिशत बोनस सेयर पारित गर्‍यो

महालक्ष्मी विकास बैंकको साधारणसभाले ८.८० प्रतिशत बोनस सेयर पारित गर्‍यो

महालक्ष्मी विकास बैंकको बार्षिक साधारणसभाले गत बर्षको नाफाबाट लाभांश पारित गरेको छ।

बैंकले १९औं वार्षिक साधारणसभा भिडियो कन्फरेन्समार्फत गरेको थियो। साधारणसभामा बैंकको संचालक समितिले प्रस्ताव गरे अनुसार सेयरधनीलाई संस्थाको आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट ८.८० प्रतिशतका दरले बोनस सेयर दिने प्रस्ताव पारित भएको छ।

यसबाहेक ०.४६ प्रतिशत नगद लाभांश (बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागि) पनि पारित गरेको छ।

साधारण सभाबाट मर्जर तथा प्राप्तिको प्रस्तावलाई खुल्ला राख्दै पुँजीगत आधारलाई थप सुदृढ गर्ने उद्देश्यले आवश्यक निर्णय गर्ने अधिकार सञ्चालक समितिलाई दिइएको छ।

बैंकको देशभर १०३ वटा शाखा तथा ३४ वटा एटीएम छन्। बैंकका ५ लाख ग्राहक छन्।

11510
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका