जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • सिटिजन लाइफद्धारा १५ लाख ९० हजार रुपैया मृत्यु दाबी भुक्तानी

सिटिजन लाइफद्धारा १५ लाख ९० हजार रुपैया मृत्यु दाबी भुक्तानी

सिटिजन लाइफ इन्सोरेन्स कम्पनीले मृत्यु दावीको रकम हस्तान्तरण गरेको छ । त्रियुगा नगरपालिका १२ निवासी स्व.बविता भगतका छोरा हृदय भगतलाई सिटिजन लाइफ इन्सोरेन्स कम्पनीको गाईघाट शाखाले मृत्यु दावीको रकम हस्तान्तरण गरेको हो ।

भगतले सिटिजन लाइफमा शुभारम्भ योजना अन्तर्गत १५ लाखको बीमा गरेका थिए । बीमा गरेको एक वर्ष पछि उनको मृत्यु भएपछी मृत्यु दावी रकम भुक्तानी दिएकोकम्पनीले जनाउको छ । गत असोज २६ गते स्व.बविताको मृत्यु भएपछि उनका हकवाला छोरालाई १५ लाख ९० हजारको दावी रकम बराबरको चेक हस्तान्तरण गरेको हो ।

अर्ध वार्षिय प्रिमियम अन्तर्गत ८३ हजार ८३४ रुपैया बराबर भुक्तानी गरेकोमा बीमा वापत १५ लाख र बोनश वापत ९० हजार गरी १५ लाख ९० हजार हस्तान्तरण गरिएको हो ।

3885
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?