जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • महालक्ष्मी विकास बैंकको शेयरमा उछाल

महालक्ष्मी विकास बैंकको शेयरमा उछाल

गएको केहि हप्तादेखि महालक्ष्मी विकास बैंकको शेयरमा लगानीकर्ताहरु झुम्मीएको देखिएको छ । महालक्ष्मी विकास बैंकको शेयरमा लगानीकर्ताको आकाषर्ण हुनमा बैंकको आम्दानी र आम शेयर लगानीकर्तालाई दिनसक्ने लाभांश देखिएको छ । 

महालक्ष्मी विकास बैंकले चालू आर्थिक वर्षको तीन महिना अर्थात पहिलो त्रैमासमा नाफा ४४.२८ प्रतिशतले बृद्धि गरेको छ । बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २३ करोड ५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेर विकास बैंकहरुमध्ये अब्बल देखिएको छ । गत वर्षको सोहि अवधिमा बैंकले १५ करोड ९७ लाख रूपैयाँ मात्रै खुद नाफा कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी ८.९२ प्रतिशतले बढेको छ । भने नेट फि तथा कमिशन आम्दानी ५८.५५ प्रतिशत र सञ्चालन मुनाफा मात्रै ५१.४७ प्रतिशत बढेको छ ।

चुक्ता पूँजी ३ अर्ब ३४ करोड रुपैयाँ रहेको बैंकको जगेडा कोषमा १ अर्ब ७० करोड संञ्चित रहेको छ । तरलता अभाव भइरहेका बेलामा पनि बैंकले निक्षेप ३.०४ प्रतिशत र कर्जा ५.८४ प्रतिशतले बढाएको छ । त्यस्तै, बैंकको प्रतिशेयर नेटवर्थ १७१ रुपैयाँ ६५ पैसा पुगेको छ । मूल्य आम्दानी अनुपात २१.१३ गुणा रहेको छ । बैंकको प्रतिशेयर आम्दानी ६ रुपैयाँ ७९ पैसाले बढेर २७ रुपैयाँ ५९ पैसा भएको छ । त्यस्तै, महालक्ष्मी विकास बैंकको प्रगति राम्रो भएकाले ठूला बाणिज्य बैंकहरु नबिल बैंकसँग मर्जको हल्ला समेत बाहिर आएको छ । 

कात्तिक ३० गते पनि महालक्ष्मी विकास बैंकको ३७ करोड २६ लाख भन्दा बढीको कारोबार भएको छ । कात्तिक २८ गते बैंकको आज २७ करोड भन्दा बढीको कारोबार भएको छ ।  त्यस्तै, कात्तिक २९ गते बैंकको शेयरमूल्य ४.४६ प्रतिशतले गिरावट हुँदा पनि ३५ करोड ४६ लाख भन्दा बढीको कारोबार भएको थियो । 

अघिल्लो आर्थिक वर्षको नाफाबाट शेयर धनीलाई ८.८० प्रतिशत बोनस शेयर दिएको महालक्ष्मी विकास बैंकले गत आर्थिक वर्षको नाफाबाट करिब २० प्रतिशत बोनस दिन सक्ने रहेको छ । बैंक स्रोतका अनुसार बैंकको सञ्चालक समितिले नेपाल राष्ट बैंकमा १७ देखि २१ प्रतिशतसम्म लाभांश दिन प्रस्ताव पठाएको छ । 

काक्तिक १६ गते महालक्ष्मी विकास बैंकको सर्वाधिक शेयर खरिद विक्री भएको थियो । उक्त दिन २३ करोड ९१ लाख रुपैयाँ बराबरको शेयर खरीदविक्री भएको थियो । महालक्ष्मी विकास बैंकको कात्तिक २२ गते ५२ करोड भन्दा बढीको कारोबार भएको थियो ।                
          
कात्तिक २५ गतेपनि महालक्ष्मी विकास बैंकको शेयरमा सार्वधिक कारोबार हुने कम्पनीमा परेको थियो । उक्त दिन कम्पनीको शेयरमा नकारात्मक विन्दुले शेयर घटेको बेलामा समेत सर्वाधिक कारोबार भएको थियो । 

4480
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका