जोडिनुहोस
मङ्लबार, चैत्र ६, २०८०
मङ्लबार, चैत्र ६, २०८०
  • होमपेज
  • कुमारी बैंकको १९ करोड कर्जा काण्डमा जग्गा धनी गायक अमात्य नै शंकाको घेराउमाः राष्ट्र बैंक बेखबर !

कुमारी बैंकको १९ करोड कर्जा काण्डमा जग्गा धनी गायक अमात्य नै शंकाको घेराउमाः राष्ट्र बैंक बेखबर  !

कुमारी बैंकको १९ करोड कर्जा काण्डमा अब कुमारी बैंक र नक्कली कर्जा ग्राहक मात्रै होइन सक्कली जग्गा धनी भनिएका चर्चित गायक योगेश्वर अमात्य पनि शंकाको घेराउमा फस्दै गएका छन् भन्दा अब चाहि फरक पर्दैन । कुमारी बैंक लिमिटेडमा एउटा अचमको १९ करोड कर्जा काण्ड वाहिर आएको छ । सो कर्जा गायक योगेश्वर अमात्यको जग्गा धितो राखी दिएको देखिन्छ । कर्जा कुमारी बैंकको न्यूरोड शाखाबाट दिएको देखिन्छ भने धितो मुल्याकन बीरगञ्जको कुमारी बैंक शाखाबाट भएको भेटिएको छ । तर, कथा यति सजिलो छैन । हेर्दा छक्क पर्ने छ भन्दा फरक पर्दैन ।

१९ करोड कुमारी बैंकको कर्जा काण्डमा गायक अमात्यको कम्पनीकै पत्रको आधारमा कर्जाको शुरुवात गरिएको भेटिएको छ । उनीकै कम्पनीको अख्तियारी नामाबाट धितो मुल्याकंन देखि पैसा दिएको कुमारी बैंकका कर्जा कागज पत्रबाटै प्रष्ट देखिन्छ । यतिसम्मको कर्जा पास भए पछि सबै १९ करोड पैसा गायक अमात्य र उनीको श्रीमतीको नाममा एक बैंकमा रहेको कम्पनीको खातामै पैसा बैंकले राखी दिएको छ ।


सबै कुरा गायक आमात्यकै अख्तियारीमा कर्जा पास भएको छ पैसा पनि उनीकै एक वाणिज्य बैंककमा रहेको खातामा गएको छ तर मालपोत कार्यालयको ढड्ढामा गायक अमात्यको धितो (दृष्टिवन्धक) रोक्का भएको छैन । अब यसलाई कसरी छानवीन हुन्छ त्यो गर्भकै विषय होला । र यस सम्बन्धमा नेपाल प्रहरीको (सिआईबी)ले छानवीन गरिरहेको देखिन्छ भन्दा फरक पर्दैन ।

अब यति भन्न सकिन्छ कि सबै प्रक्रिया गायक अमात्यकै अख्तियारीबाटै हुने तर, धितो रोक्का नहुने यसमा गायक अमात्य माथी पनि छनवीन जरुरी देखिन्छ । उनीकै एक वाणिज्य बैंकको खातामा १९ करोड पैसा गएको छ । कुमारी बैंकले १९ करोड हामी दिन्छौं अरु पैसा लिएर जग्गा पास गरिदिनुहोला भन्ने पत्र गायक अमात्यलाई पठाएको देखिन्छ । तर, उनीले भनिरहेका छन् । मेरो जग्गा अर्कैले पास गरेर कर्जा लिएछ । यो कसरी पत्याउने ? अब राष्ट्र बैंकले गायक एवं जग्गाधनी अमात्यको बैंक खाता र शंकास्पद क्रियाकलाप बारे छानवीन गर्नु जरुरी देखिन्छ । गर्भनर साब हेक्का होस् ।

जग्गाधनी अमात्यको बैंक खाता खोल्ने एक वाणिज्य बैंकले नक्कली खाता कसरी खुल्यो ? यत्रो लाख होइन १९ करोड पैसा खाता जम्मा हुँदा बैंकले सोधपुछ नगरि कसरी पैसा नक्कली खाता धनीलाई दियो यो पनि छानवीन हुनु जरुरी छ कि छैन गर्भनर साब ? हेक्का होस् ।
यति चाहि सत्य हो गर्भनर साब बैंकका सीइओ, डिपुटी सीइओ र बैंकका डिजिएम, एजिएम पदमा कार्यरत कर्मचारीहरुले नक्कली लालपुर्जा हो भनी जान्दा जान्दै कर्जा स्वीकृत फाइलमा चाहि हस्ताक्षर गर्दैन । किनभने उनीहरुलाई थाहा छ जेलको चिसो छिडीमा पुगिन्छ भनेर गर्भनर साब त्यसकारण छानवीन कुमारी बैंक माथी मात्रै होइन उजुरीकर्जा जग्गाधनी अमात्यको बैंक खाता र खाता खोल्ने एक वाणिज्य बैंक र खातामा गएको कर्जाको १९ करोड बारेमा पनि छानवीन जरुरी छ भन्दा फरक पर्दैन । भनिन्छ कर्जा दिएकै आधारमा सीइओ डिसीइओ र बैंकका उच्च कर्मचारी माथी छानवीन हुन्छ भने पैसा जग्गा धनीकै खातामा गएको छ । त्यो खाता चाहि किन छानवीन हुँदैन गर्भनर साब हेक्का होस् ।

अर्को महत्वपूर्ण पक्ष के छ भने कुमरी बैंक लिमिटेडले दिएको नक्कली भनिएको (छानवीन)मा रहेको १९ करोड कर्जाको सबै रकम बैंकले असुली गरेको छ । यसमा बैंकलाई बैकिङ्ग कसुर लाग्दैन । बैंकलाई हानीनोक्सानी भएको छैन । जनताको डिपोजिटमा घोटला भएको छैन । कर्जा उठेको छ । के कर्जा उठेको कुरा राष्ट्र बैंकलाई र सीआईबीलाई जानकारी दिनु पर्ने कुनै कारण छैन । जरुरी पनि छैन । हेक्का होस् । सुनिन्छ राष्ट्र बैंकलाई कुमारी बैंकले समयमै जानकारी गराएन् भनेर । राष्ट्र बैंकले चित्त दुखाएको छ रे । कर्जा उठ्यो भनेर कुनै बैंकले राष्ट्र बैंकलाई जानकारी गराउने निर्देशन राष्ट्र बैंकले दिएको देखिदैन । हेकका होस् ।

अर्को पक्ष के पनि छ भनेः– जग्गा माफियाहरुले मिलोमतोमा काम गरे होला तर, जग्गा धनी गायक अमात्यनै छन् । उनीकै कम्पनीमा पैसा गएको छ । उनीकै कम्पनीको लेटर हेडमा अख्तियारीनामा बैंकमा आएको छ । जग्गा सहि छ अनि कर्जा दिने कि नदिने गर्भनर साब ? हो धितो रोक्का देखिदैन मालपोत कार्यालयमा यसको गल्ती बैंकको हो कि मालपोत कार्यालयको जग्गा धनी गायक अमात्यको यो छानबीन जरुरी होला हुनुपर्दछ पनि तर, बैंककै सीइओ, डिसीइओ र उच्च कर्मचारीलेनै बदमासी गरे भन्नु चाहि गलत परम्पराको पराकाष्ट हो कि होइन ? हेक्का होस ।

जे भएपनि छानवीन कै क्रममा कुमारी बैंकको १९ करोड कर्जा काण्ड रहेको छ । तर, बैंक नेतृत्वलाई तर्साउने धम्काउने काम तत्कालै बन्दहुनुपर्दछ । यस घटनाले अरु २६ वाणिज्य बैंकको नेतृत्वलाई काम गर्न असहज परिस्थिति आउन पनि सक्दछ यस तर्फ राष्ट्र बैंकले हेक्का राख्नु जरुरी छ । हो गलत गर्ने जो कोहिलाई कारवाही हुनु जरुरी छ । तर, हल्लाकै भरमा बैंकरहरुलाई तनाब दिने । काम गर्ने वातावरणको अन्त्य गर्ने काम प्रहरी र राष्ट्र बैंकले कतैबाट पनि हुनु हुँदैन ।

सम्बन्ध र चिनजानकै आधारमा कुनै बैंक र वित्तिय संस्थाका सीइओ र डिसीइओले नक्कली लालपुर्जा हो भन्दा भन्दै हस्ताक्षर गरेर कर्जा दिँदैन । यो चाहिसत्य हो । सबै प्रक्रिया जग्गा धनीकै अख्तियारीबाट आएपछि प्रकृया पुरा भएपछि कर्जा गएको छ कुमारी बैंकबाट । पैसा समेत सक्कली जग्गाधनीकै श्रीमती र उनीकै कम्पनीको एक वाणिज्य बैंकमा रहेको खातामा गएको देखिन्छ । के कम्पनी र बैंक खाता पनि नक्कली नै हो त । हेक्का होस् । छानवीन दुबैको होस् ।

यसैबीच कुमारी बैंकको १९ करोड प्रकरणमा एक वाणिज्य बैंक पनि तानिएको छ । गायक योगेश्वर अमात्यको जग्गा रहेको कम्पनी बिलुवाभूमि वन प्राइभेट लिमिटेडको खाता एक वाणिज्य बैंकमा रहेको खुलेपछि यस प्रकरणमा एक वाणिज्य बैंक पनि तानिएको छ भन्दा फरक पर्दैन । डायनिल ट्रेडिङको नाममा स्वीकृत १९ करोड कर्जा बिलुवाभूमिको नाममा रहेको खातामा गएको र कागजात नक्कली भएको थाहा भए

भनिन्छ जग्गाधनी अमात्यले उक्त खाता संचालनको लागि एक जना व्यक्तिलाई अख्तियारी दिएका भेटिन्छ । आफ्नो जग्गाको किर्ते गरेर अरुले नै कर्जा लिएको भन्दै नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा उजुरी दिएका जग्गाधनी अमात्यको बैंक खाता अख्तियारी प्राप्त व्यक्तिको मिलोमतोमा चलाइएको हो भन्ने विषयमा पनि अनुसन्धान शुरु भएको छ । वा डायनिल ट्रेडिङ प्राइभेट लिमिटेडका संचालक एसके महर्जन र मुक्तिनाथ गौतमले कुमारी बैंकमा बुझाएको नक्कली कागजातको आधारमा एक वाणिज्य बैंकमा अर्को ’फेक’ खाता खोलेका थिए भन्ने विषय पनि अनुसन्धानको क्रममा रहेको भेटिएको छ । गर्भनर साब हेक्का होस् ।

कुमारी बैंकको १९ करोड प्रकरणमा एक वाणिज्य बैकपनि जोडिएकाले यहाँ पनि फरक ढंगले अनुसन्धान सुरु भएको केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक श्यामकुमार महतोले पंक्तिकारलाई बताए । डायनिल ट्रेडिङ प्राइभेट लिमिटेडका संचालक एसके महर्जन र मुक्तिनाथ गौतमले बिलुवाभूमि वन प्राइभेट लिमिटेडको नाममा बिरगंजमा रहेको १२ बिघा १ कठ्ठा जग्गा किन्नको लागि कुमारी बैंकमा कर्जाको लागि असार १५ मा निवेदन दिएको भेटिएको छ । महर्जन र गौतमले डायनिल ट्रेडिङ प्राइभेट लिमिटेडले आफुहरु टेलिफोन सेवा प्रदायक कम्पनी एन्सेलको सब डिट्रीब्यूटर भएको र बार्षिक कारोबार कोभिड अगाडी ३ अर्बको र कोभिडको समयमा १ अर्बको भएको र अहिले बिलुवाभूमि वन प्राइभेट लिमिटेडको नाममा रहेको जग्गा किन्न लागेको निवेदनमा उल्लेख गरेको देखिन्छ ।

भ्यालुएसन गर्दा ३८ करोडको सम्पति भएको पाइएको र घर जग्गा कर्जा ५० प्रतिशत दिन पाइने व्यवस्थाअनुसार कर्जाको लागि निवेदन दिएको १६ दिनको दिन अर्थात असार ३१ गते कुमारी बैंकको न्युरोड शाखाबाट १९ करोड कर्जा स्वीकृत भएको देखिन्छ । बिक्रेता व्यक्ति वा सँस्थाको नाममा निवेदकको स्वीकृत कर्जा पठाउने व्यवस्थाअनुसार नै कुमारी बैंकले एक वाणिज्य बैंकमा रहेको बिलुवाभूमि वन प्राइभेट लिमिटेडको खातामा साउन १५ गते १९ करोड पठाइदिएको थियो । कर्जा जारी भएको १५–२० दिनपछि डायनिल ट्रेडिङ प्राइभेट लिमिटेडका संचालक महर्जन र गौतमले बिलुवाभूमि वन प्राइभेट लिमिटेडको सम्बन्धमा बुझाएका लालपुर्जा, राजिनामा पास, मालपोत रोक्का, चारकिल्ला र घरबाटो प्रमाणित किर्ते भएको कुरा बैंकलाई थाहा हुन आयो भन्दा फरक पर्दैन ।

किर्ते कागजातको आधारमा कर्जा लिएको थाहा भएपछि बैंकले डायनिल ट्रेडिङ प्राइभेट लिमिटेडका संचालक एसके महर्जन र मुक्तिनाथ गौतमलाई ताकेता गरि उक्त पैसा फिर्ता लियो । र बैंक १९ करोड नोक्सान हुनबाट कुमारी बैंक जोगियोको छ भन्दा फरक पर्दैन । प्रारम्भिक अनुसन्धानमा किर्ते कागजात बुझाएर कर्जा लिएका डायनिल ट्रेडिङ प्राइभेट लिमिटेडका संचालक एसके महर्जन र मुक्तिनाथ गौतम दोषी देखिएका छन् । त्यस्तै यो कागजात सहि हो भनेर कर्जा दिनलाई प्रस्ताव गर्ने धितो मुल्याङ्कनकर्ता राजेश्वर चौरसिया र कुमारी बैंकका बारा शाखाका लोन म्यानेजर सोनु ठाकुर दोषी देखिएको सीआईबीको दाबी छ ।

गायक योगेश्वर अमात्यले आफ्नो जग्गा राखेर अरु कसैले कर्जा लिएको भन्दै केन्द्रीय प्रहरी अनुसन्धान ब्युरो सीआइबिमा कात्तिक २ गते उजुरी दिएपछि सुरुमा लिखित सम्बन्धित कसुरमा अनुसन्धान थालियो । अनुसन्धानको क्रममा दोषी देखिएका डायनिल ट्रेडिङ प्राइभेट लिमिटेडका संचालक एसके महर्जन र मुक्तिनाथ गौतम कात्तिक ४ गते पक्राउ परे । धितो मुल्याङ्कनकर्ता राजेश्वर चौरसिया कात्तिक २२ गते पक्राउ परे र पछि कुमारी बैंकका बारा शाखाका कर्मचारी सोनु ठाकुर पक्राउ परेको भेटिएको छ ।

तर किर्ते कागजातको आधारमा कर्जा गएको १९ करोड फिर्ता लिन सफल भएपनि यस प्रकरणमा अपराध भएको ठहर भयो तर यहाँ पिडित पक्ष भएन । त्यसैले सीआईबिको अनुसन्धान किर्ते कागजातको आधारमा १९ करोड कर्जा जारी हुँदा को–कसको संलग्नता छ भन्नेतर्फ मोडियो र सीआईबीले बैंकिंङ कसुर मुद्दालाई अगाडी सारेको देखिन्छ । तर, कर्जा उठेपछि बैकिङ्ग कसुरबारे छानवीन हुन सक्दैन हेक्का होस् ।

यसैबीच कुमारी बैंकले नक्कली धितो राखेर दिएको १९ करोड रुपैयाँ ऋण उठाउन सफल भएको छ । भन्दा फरक पर्दैन । यो पाटोलाई राष्ट्र बैंकले बुझ्नु जरुरी देखिन्छ । गायक योगेश्वर अमात्यले आफ्नो जग्गाको नक्कली लालपूर्जा बनाएर ऋण दिएको थाहा पाएपछि बैंकको केन्द्रिय कार्यालयलाई खबर गरेको भेटिएको छ । बैंकले १९ करोड ऋण नक्कली धितो राखेर दिएको जानकारी अमात्यबाट थाहा पाएपछि त्यो ऋण असुल गरेको भेटिएको छ । भन्दा फरक पर्दैन । कुमारी बैंकका कामू प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिनाले जनताको पैसा डुब्न नदिनको लागि ऋणीको जग्गा खोजेर धितो लिन प्राथमिकता दिएको पंक्तिकारसंग बताए ।

बैंकका कामू सीइओ तिमिल्सिनाले बैंकले आफ्नो डुब्न लागेको पैसा उठाउने भनेर शुरुमै उजुरी कतै पनि नदिएको प्रस्टै पारे । योबाट बैंकको करोडौं पैसा उठेको छ । यसतर्फ पनि राष्ट्र बैंकले हेर्नुपर्ने देखिन्छ । ‘पहिला आफ्नो डुब्न लागेको पैसा उठाउन प्राथमिकता दिनेबारे हामीले सोच्यौं, पैसा उठेपछि प्रहरीमा उजुरी गर्ने सोच बनाएका थियौं,’ कामु सीइओ तिमिल्सिनाले बताए । उनले यो प्रकरणमा आफ्नो कुनै भूमिका नरहेको र असल नियतले जनताको पैसा उठाउन खोज्दा प्रहरीकहाँ जान ढिला भएको तर्क गरे यो सहि तर्क हो भन्दा फरक पर्दैन । गर्भनर साब हेक्का होस् ।

कुमारी बैंकले साउनको दोस्रो साता महर्जन गौतमलाई १९ करोड ऋण दिएको थियो । जसमा महर्जन र गौतमको कम्पनीको आन्तरिक राजस्व विभागमा बुझाएको विवरणमा ३ अर्ब रुपैयाँको कारोबार भएको देखिन्छ । ऋणी रहेका महर्जन र गौतमले अख्तियारी अनुसार नै अमात्यको नाममा रहेको नक्कली लालपूर्जादेखि लिएर चारकिल्लाको सिफारिस सहितका नक्कली कागज बैंकमा पेश गरेको हो । वा सक्कलीबाटै हो यो पनि छानवीन हुनु जरुरी छ । कामू सीइओ तिमिल्सिनाका अनुसार बैंकले धितो नक्कली भएको जानकारी गायक अमात्यबाट थाहा पाएपछि आन्तरिक छानबिन गरेको थियो । विरगन्ज शाखाबाट कर्मचारी पठाएर मालपोतमा बुझ्दा ऋणीको नाममा धितो राखेको जग्गा नै नरहेको पुष्टी भएपछि ऋणीलाई सक्कली जग्गा धितो राख्न र ऋण भनेको थियो । ऋणी महर्जनले २ करोड ऋण तिर्नुका साथै काठमाडौं उपत्यकामा रहेका आफ्ना ३ वटा घर र केही जग्गा धितो बैंकमा राखिसकेको भेटिएको छ । यसले कुमारी बैंकमा रहेको जनताको १९ करोड उठेको भेटिएको छ गर्भनर साब हेक्का होस् ।

कुमारी बैंकले दिएको १९ करोड रुपैयाँ अब उठेको छ, ऋणीले पैसा नतिरेमा धितोमा राखेको जग्गा लिलाममा लगेर उठाउन समस्या छैन, बैंकको १९ करोड रुपैयाँ डुब्ने स्थिति छैन, उठेको छ, कामु सीइओ तिमिल्सनाले पंक्तिकारलाई भने । महर्जन र गौतम घरजग्गा व्यवसायी हुन् । उनीहरुले बैंकको न्यूरोड शाखाबाट ऋणको प्रक्रिया अगाडि बढाएका थिए । यो प्रकरणमा अहिलेसम्म प्रहरीले ४ जनालाई प्रकाउ गरेको देखिन्छ । कुमारी बैंकमा नक्कली धितो राखेर ऋण प्रवाह भएको विषयमा प्रहरीले अभियुक्तलाई २ वटा मुद्दामा अहिले अनुसन्धान गरेको देखिन्छ । किर्ते कागजात गरेको र बैंकिङ कसुरको मुद्दामा प्रहरीले अनुसन्धान गरेको देखिन्छ ।

कुमारी बैंकबाट अमात्यको जग्गाको नक्कली लालपूर्जा बनाएर ऋण लिएका महर्जन र गौतमले सरकारी कागज किर्ते गरेको अनुसन्धानको क्रममा भेटिएको छ । उनीहरुलाई सरकारी छाप किर्ते गरेको आरोपमा मुद्दा चल्ने देखिन्छ । यो मुद्दा सरकारी वकिलले जिल्ला अदालतमा दायर गर्ने छ । यसबाहेक बैंकिङ कसुरको मुद्दासमेत आरोपीमाथि अनुसन्धान प्रहरीले गरेको भेटिएको छ । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रवक्ता श्याम महतोले २ वटा मुद्दामा अनुसन्धान भइरहेको पंक्तिकारलाई बताए । ‘२ वटा मुद्दामा हामी अनुसन्धान गरिरहेका छौं, अहिलेसम्म ५ जनामात्र यो प्रकरणमा संलग्न पाइएको उनीले दाबी गरे । अन्य कुमारी बैंकका उच्च कर्मचारीको संलग्नता भेटिएको छैन नि, प्रवक्ता श्याम महत्तोले पंक्तिकारलाई दाबी गरे ।

35450
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका