जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • दुगड र रामदेवको गोप्य भेटघाटको रहस्य के ?

दुगड र रामदेवको गोप्य भेटघाटको रहस्य के ?

भारतीय योगगुरु रामदेव र आर्चाय वालकृष्णको लगानी रहेको दुई टेलिभिजन उद्घाटन प्रधानमन्त्री शेरवहादुर देउवाले गरेका थिए, तर पतञ्जली नेपाल नामक दुवै टेलिभिजनमा रामदेवको लगानी गरीएको छ । वैदेशिक लगानीमा टेलिभिजन सञ्चाल गर्न नपाउने कानुनी व्यवस्था हुँदा हुदै पनि प्रधानमन्त्रीले त्यस्को उल्लघन गरेका छन् । भारतीय योगगुरु रामदेव भारत मै विवादास्पद मानिएका छन् ।

तिनै विवादास्पद व्यक्तीको लगानीमा टेलिभिजन खोल्न दिनु भनेको मुलुक कै लागि वेइज्जती हो ।
रामदेवले आफ्नो लगानीमा स्थापना गर्नका लागी उद्धघाटन गरिएका दुवै टेलिभिजनहरु कहि कतै दर्ता नै नभएका र वैदेशिक लगानी सञ्चार क्षेत्रमा प्रतिबन्ध लगाइएको छ । सञ्चार क्षेत्र भनेको रेडियो, टेलिभिजन, अनलाईन र छापामाध्यम भन्ने बुझिन्छ । यी सञ्चार माध्यममा बैदेशिक लगानी ल्याउन नपाइने व्यवस्था रहेको छ ।

आफ्नो लगानीमा टेलिभिजन उद्धघाटन कार्यक्रम सकिएपछि योगगुरु रामदेव र आर्चाय बालकृष्णले नेपालका बदनाम व्यापारीहरुसँग गोप्य रुपमा भेटघाट गरेको रहस्य खुलेको छ । विवादास्पद व्यापारीमा रहेका शशिकान्त अग्रवाल र मोतिलाल दुगड पनि पर्दछन् । दुगडको लगानी भएका कतिपय कम्पनीहरुका विरुद्ध अहिलेपनि अदालतमा मुद्धा रहेका छन् भने शशीकान्त अग्रवाल चीनी मिलका मालिक समेत भएका र भारतवाट चीनी ल्याएर नेपालमा नै उत्पादन भएको भन्दै विक्री वितरण गरेको आरोप उनीमाथी लाग्दै आएको छ ।

तिनै शशीकान्त अग्रवालको सल्लाह वमोजिम दुगड उद्योग राज्य मन्त्री रहेका वेला प्रधानमन्त्रीलाई समेत थाहा नै नदिई दुगडले अग्रवाललाई नुनको आयत गरी नेपालमा विक्री वितरण गराउने प्रयास गरेका थिए । तर त्यस्को व्यापक विरोध भएपछि दुुगड पछि हटेका थिए भने अग्रवालका छोराले नुनको डिलर लिन सूचना आवहान गरी धेरै व्यक्तिवाट रमक असुलउपर गरी भागेका थिए । अहिले तिनै व्यक्तिहरुले रामदेवसँग गोप्य रुपमा अग्रवालकै होटलमा भेटघाट गरेर कतै फेरि अर्को षडयन्त्र त गरेका छैनन् भन्ने यहाँ प्रश्न समेत उठेको छ ।

4230
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?