जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर


समाचार

बैंक ह्याक इमेल प्रकरण

'प्रणालीमा कुनै समस्या देखिएको छैन': कामु प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिना, कुमारी बैंक

बैंक ह्याक इमेल प्रकरण

ह्याकरले सिस्टम ह्याक गरिसकेको इमेल पठाएपछि गरिएको चेकजाँचमा कुमारी बैंकमा कुनै पनि समस्या नरहेको पाइएको छ। इमेल आउने बित्तिकै प्रणाली बन्द गरेर कुमारी बैंकले परिक्षण गरेको थियो। ‘प्रणालीमा कुनै समस्या देखिएको छैन’ बैंकका कामु प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिनाले भने, ‘अब हामी केही बेरमै प्रणाली खोल्छौं।’

अज्ञात समूहले कुमारी बैंकलाई इमेल लेख्दै सिस्टम ह्याक गरेको चेतावनी बिहान साढे १० बजेतिर दिएको थियो। कुमारी बैंकले ह्याक गरेको इमेल पाएपछि राष्ट्र बैंकलाई जानकारी गराएको थियो। राष्ट्र बैंकले पनि आफू अन्तर्गतका बैंक तथा वित्तीय संस्थालाई सचेतना अपनाउन भनेको छ।

साउदी ग्रुप अफ कम्पनी नामबाट इमेल पठाइएको छ। स्रोतका अनुसार, प्रणाली ह्याक गरेर पैसा लैजाने कुरा इमेलमा उल्लेख गरिएको छ।कुमारी बैंकले ह्याक गर्ने इमेल पाएपछि राष्ट्र बैंकलाई जानकारी गराइसकेको छ। राष्ट्र बैंकले पनि आफू अन्तर्गतका बैंक तथा वित्तीय संस्थालाई सचेतना अपनाउन भनेको छ।

साउदी ग्रुप अफ कम्पनी नामबाट इमेल पठाइएको छ। स्रोतका अनुसार, प्रणाली ह्याक गरेर पैसा लैजाने कुरा इमेलमा उल्लेख गरिएको छ। राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले प्रणाली ह्याक गर्ने इमेल आएपछि उच्च सतर्कता अपनाइएको बताउँदै अहिलेसम्म कुनै पनि अट्याक नभएको जानकारी दिए।

6420
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?