जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बैंकहरुले एकैदिन राष्ट्र बैंकबाट पौने ४३ अर्ब तरलता सुविधा लिए

बैंकहरुले एकैदिन राष्ट्र बैंकबाट पौने ४३ अर्ब तरलता सुविधा लिए

बैंकहरुलाई तरलता व्यवस्थापन गर्न निकै कठिन हुँदै गएको छ । बैंकहरुले एकैदिन राष्ट्र बैंकबाट अर्बौंको तरलता सुविधा उठाउँदै आएका छन् ।

वाणिज्य बैंकहरुले मंगलबार ४३ अर्ब ८० करोड रुपैयाँ कर्जा स्थायी तरलता सुविधा (एसएलएफ) दिएका छन् ।

बैंकहरुमा तरलता अभाव चुलिँदै गएपछि २४ वटा वाणिज्य बैंकले केन्द्रीय बैंकले दिने कर्जा स्थायी तरलता सुविधा (एसएलएफ) लिएका हुन् । बैंकले ७ दिन अवधिमा लागि ५ प्रतिशत ब्याजदरमा उक्त रकम उठाएका हुन् ।

बैंकहरुले आफूसँग रहेको सरकारी धितोपत्रका आधारमा राष्ट्र बैंकबाट एसएलएफ उठाउने गरेका छन् ।

राष्ट्र बैंकले एक साताको लागि बैंकहरुलाई अल्पकालिन तरलता पूरा गर्न एसएलएफ दिने गरेको छ । यो बैंकहरुका लागि अल्पकालीन सुविधामात्रै हो । बैंकका तत्काल तरलता अभाव भएको खण्डमा यो सुविधा उपभोग गर्न पाउने छन् । यसको ब्याजदर भने निकै हुने गरेको छ ।

बैंकले आफ्नो अनपेक्षित तरलता संकटको व्यवस्थापन गर्न कुनै पनि समयमा केन्द्रीय बैंकबाट सरकारी ऋणपत्र वा सरकारले जारी गरेको बण्ड धितो राखी ऋण लिन सक्छन् ।

राष्ट्र बैंकले पछिल्लो ट्रेजरी बिलको औसत कोष डिस्काउन्ट दर वा बैंकदरमध्ये जुन बढी हुन्छ त्यसमा ३ प्रतिशत प्यानेल दर थप गर्छ । र, ऋण लिने बैंकले केन्द्रीय बैंकलाई तिर्नुपर्ने ब्याज निर्धारण गर्छ ।

सामान्य अवस्थामा बैंकहरु एसएलएफ लिन केन्द्रीय बैंकमा जाँदैनन् । जब तरलता अभाव चुलिँदै जान्छ तब बैंकहरु चर्को ब्याज तिरेर भएपनि यस्तो सुविधा लिने गर्छन ।

पछिल्लो समय बैंकका तरलता अभावहुँदा अन्तरबैंक ब्याजदर पनि बढेर करिब ७ प्रतिशतसम्म पुगेको छ ।

मंगलबार मात्रै अन्तरबैंक ब्याजदर ६.९९ प्रतिशत पुगेको छ । राष्ट्र बैंकका अनुसार लक्ष्मी र एनएमबि बैंकले अन्तरबैंक कर्जा दिएका हुन् भने अरु बैंकले उक्त सुविधाको उपयोग गरेका हुन् ।

3115
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका