जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • २०७८ सालमा चार वटा बिदा थपियो: अब भाइटिकाको भोलिपल्ट पनि बिदा

२०७८ सालमा चार वटा बिदा थपियो: अब भाइटिकाको भोलिपल्ट पनि बिदा

महत्वपूर्ण चाडपर्वमा पनि बिदा कटौतीको चौतर्फी विरोधपछि सरकारले आउँदो वर्ष चार वटा नयाँ बिदा थपेको छ।

सरकारले नियमित बिदाबाहेक अन्य चार दिन थप बिदा दिन लागेको हो। सरकारले दिँदै आएको बिदा केही वर्षअघिबाट कटौती गर्न थालेको थियो। जसका कारण सर्वसाधारणले नै विरोध गर्दै आएका थिए।

मन्त्रिपरिषद् बैठकबाट चार दिन बिदा थप्ने निर्णय भइसकेको छ। सरकारले घटस्थापना, जनैपुर्णिमा, माघे संक्रान्ति र भाइटीकाको भोलिपल्ट बिदा दिने निर्णय गरेको हो।

बिदा बारे आज राजपत्रमा सूचना प्रकाशित हुने छ। सरकारले यसअघि घटस्थापना र जनैपुर्णिमामा बिदा दिन्थ्यो तर बीचमा काटेको थियो।

14035
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका