
नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८३/८४ को वैशाख महिनामा सञ्चालन गरेको मासिक योजनाअन्तर्गत उत्कृष्ट कार्यसम्पादन गर्दै निर्धारित लक्ष्य हासिल गर्न सफल अभिकर्ताहरूका लागि ललितपुरस्थित होटल रोयल टुलिपमा प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृतले पानसमा दीप प्रज्वलन गरी उद्घाटन गरेको कार्यक्रममा विभागीय प्रमुख, विभिन्न शाखाका शाखा प्रमुख, वरिष्ठ व्यवसाय प्रबन्धक, प्रबन्धक तथा अभिकर्तासहित करिब ३०० जनाको सहभागिता रहेको थियो।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृतले आर्थिक वर्ष २०८२/८३ मा कम्पनीले प्रथम बीमाशुल्कसहित समग्र सूचकमा उत्कृष्ट उपलब्धि हासिल गर्न सफल भएको उल्लेख गर्दै त्यसमा योगदान पुर्याउने नियामक निकाय, ग्राहक, अभिकर्ता तथा कम्पनीसँग प्रत्यक्ष–अप्रत्यक्ष रूपमा जोडिएका सबैप्रति आभार व्यक्त गरे।
उनले नयाँ आर्थिक वर्षको शुभकामना दिँदै ग्राहकलाई अझ प्रभावकारी सेवा तथा सुविधा प्रदान गर्न सबैले थप जिम्मेवारीका साथ काम गर्नुपर्नेमा जोड दिए। साथै कम्पनीले अभिकर्ता सञ्जाललाई थप सुदृढ बनाउने तथा व्यवसाय विस्तारमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।
कार्यक्रममा आमन्त्रित अभिकर्ताहरूलाई चर्चित प्रशिक्षक काजिम रजाले अन्तर्राष्ट्रिय बीमा सम्मान ‘एमडीआरटी (MDRT)’ को लक्ष्य हासिल गर्न आवश्यक रणनीति, कार्यशैली र अभ्यासबारे उदाहरणसहित प्रशिक्षण दिएका थिए।
कार्यक्रमको समापनतर्फ स्ट्यान्डअप कमेडियन सुमन कार्कीले हास्य प्रस्तुति दिएका थिए भने गायक रामचन्द्र काफ्ले र जुनु रिजालले सांगीतिक प्रस्तुति प्रस्तुत गरेका थिए। साथै चर्चित गायक दीपक बज्राचार्य एन्ड रिदम ब्यान्डको लाइभ कन्सर्ट तथा डिजे अमुको प्रस्तुतीले सहभागी अभिकर्ताहरूलाई भरपुर मनोरञ्जन प्रदान गरेको कम्पनीले जनाएको छ।
सम्बन्धित समाचार


लोकप्रिय समाचार

















































